Monday, December 4, 2023

इनरुवाका वडा अध्यक्ष सुमन थापाले भारतीय महिलालाई नागरिकता दिलाएको आरोप

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका व्यक्तिलाई बसले किच्यो

काठमाडौं— सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन...

काठमाण्डौमा आज यो वर्षको अहिलेसम्मकै चिसो

काठमाण्डौ – काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ...

इनरुवा । इनरुवा नगरपालिका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापाले एकजना भारतीय महिलालाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन सिफारिससहितको सहयोग गरेको भन्दै उजुरी परेको छ ।

वडाअध्यक्ष थापाले भारत बिहार राज्य अररिया जिल्ला स्थित बनेलीपट्टी ग्राम पञ्चायतमा २०६७ सालमा बिवाह भएकी एक महिलालाई अविवाहित युवती बनाएर नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन सिफारिस गरेको उजुरीमा दावी गरिएको छ ।

थापाले भारत बिहार राज्य अररिया जिल्ला स्थित बनेलीपट्टी ग्राम पञ्चायत घर भएकी भागवन्ती मोची नाम गरेकी महिलालाई २०८० असार १४ गतेका मितिमा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट नेपाली नागरिकता बनाउनका लागि अबिवाहित भनी सिफारिस गरेको दावी छ ।

नागकिरता प्रमाणपत्र लिने अनुसूची १ नियम ३ को उपनियम (१) र (३), नियम ४ को उपनियम (१) र नियम १६ को उपनियम (१) सँग सम्बन्धित फारममा वडाअध्यक्ष सुमन थापाले २०८० असार १३ गते सिफारिस गरेका छन ।

अध्यक्ष थापाको सिफारिसका आधारमा भागवन्ती मोचीले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट २०८० असार १४ गते २०५१ साल जेठ ९ गते जन्म मिति राखी ०६–०१–८०–०३८३१ नम्बर रहेको नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छिन अनुसूची फारममा भागवन्ती मोचीको नागरिकतामा सनाखत उनका बाबु श्रीप्रसाद मोचीले गरेका छन ।

इनरुवा ६ मधेशामा बसोबास गर्दै आएका भागवन्तीका बाबु श्रीप्रसाद मोचीले जन्मसिद्धका आधारमा ०६३०२२÷१५१ नम्बरको नेपाली नागरिकता टोलीबाट २०६५ सालमा लिएका थिए।

६ नम्बर वडा कार्यालयबाट वडाअध्यक्ष थापाले श्रीमानको महल खाली राखेर अविवाहित देखाईइ नेपाली नागरिकता प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमा सिफारिस गरेकामा उनैले भागवन्तीकै छोरीको जन्मदर्ता गरिदिएको र त्यसमा भारतीय नागरिक राजकुमार मोचीको नाम बाबुको महलमा राखिएको छ ।

भारतीय नागरिकसँग बिवाह गरेकी भागवन्ती मोचीको गर्भबाट जन्मिएकी एक बालिकाको जन्मदर्तासमेत आफै सूचक भएर गरेको उजुरीकर्ताहरुले दावी गरेका छन ।

२०८० असार ५ गतेको मितिमा बाबु राजकुमार मोची आमा भागवन्ती मोचीको गर्भबाट जन्मिएकी निशा मोची नाम गरेकी छोरीको २०६९ असोज २७ गते जन्ममिती राखी जन्मदर्ता गरेको पाइएको छ ।

जन्मदर्ता प्रमाणपत्रमा सूचक बसेका वडाअध्यक्ष सुमन थापाको नेपाली नागरिकता प्रमाणपत्र नम्बर ५११७/६११७ उल्लेख गरिएको छ ।जन्मको सूचना फारममा समेत वडाअध्यक्ष थापाले २०८० असार ४ गतेको मितिमा आफै रातो मसिले तोक आदेश दिएर जन्मदर्ता गराएको छ ।

निशा मोचीको २०६९०६२७०४६५८ दर्ता नम्बर रहेको जन्मदर्ता प्र्रमाणपत्र २०८० असार ५ गते जारी भएको पाइएको छ । जन्मदर्ता प्रमाणपत्रमा निशा मोचीको बाबुको नाम राजकुमार मोची आमाको नाम भागवन्ती मोची उल्लेख गरि राष्ट्रिय परिचयपत्र र नेपाली नागरिकताको प्रमाणपत्र नभएको उल्लेख गरिएको छ ।

वडाअध्यक्ष थापाको तोकआदेश अनुसार पञ्जिकाधिकारी दिगम्बर यादवले हस्ताक्षर गरि अनलाइन प्रमाणपत्र प्रिन्ट गरि दिएको पाइएको छ ।

वडाअध्यक्ष सुमन थापाले रकम लिएर भारतीय महिलालाई अबिवाहित भनी नेपाली नागरिकता दिलाएको भन्दै गृह मन्त्रालय काठमाण्डौ, जिल्ला प्रशासन कार्यालय सुनसरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नागरिकता बदर गरि कानुनी कारवाही गर्न उजुरी दर्ता भएको छ। सोही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौले इटहरी स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयलाई सक्कल प्रमाण बुझी पठाउनु भन्ने व्यहोराको पत्र पठाएको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले टंगालले २०८० भदौ १८ गते पठाएको पत्रको आधारमा जिल्ला प्रशासन कार्यालय सुनसरीलाई उजुरीको व्यहोरा उल्लेख गरि पत्र पठाएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रअनुसार छानविनका लागि रायसहित सक्कल कागजपत्र उपलब्ध गराईदिन इनरुवा नगरपालिका कार्यालयलाई २०८० असोज ७ गतेको मितिमा पत्र पठाएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीको आदेशमा वडाअध्यक्ष थापा र अबिवाहित छोरी बनेर नेपाली नागरिकता लिने भागवन्ती मोचीलाई प्रहरीमार्फत झिकाई बयान लिनु भन्ने व्यहोराको पत्र जिल्ला प्रहरी कार्यालय सुनसरीलाई पठाएको स्रोतले जनाएको छ ।

वडाअध्यक्ष सुमन थापाले नागरिकता लिएकी भागवन्ती मोची आफ्नै गाँउ समाजकी छोरी रहेकी उनी स्वस्तिक भेनियर नाम गरेको प्लाई उधोगमा काम गर्न जाँदा भारतीय नागरिकले यौन सम्बन्ध कायम राखी गर्भ रहन जाँदा एक सन्तानको जन्म भएको बताए ।

थापाले भारतीय नागरिक राजकुमारले भागवन्तीलाई छाडेर हिडेकाले एक सन्तानको जन्म दिएकी भागवन्तीलाई नागरिकता अभावमा कुनै कामकाज गर्न कठिनाई भएपछि नागरिकताको सिफारिस नियमअनुसार गरेको बताए ।

वडाअध्यक्ष थापाले भने, ‘भागवन्तीका बाबुको जन्मसिद्ध नागरिकता रहेकाले सोही आधारमा गाँउ सर्जमिन मुचुल्का अनुसार साक्षी प्रमाणका आधारमा आफुले नागरिकताको सिफारिस गरेको बताए ।

गलत मनसायले नागरिकता बनाउन सहयोग नगरेको दावी गरेका छन । यसैगरि मोचीको छोरी निशाको जन्मदर्ता आफैले सूचक भएर सहयोग गर्ने मनसायले बनाएको बताए ।

Hot Topics

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

Related Articles