Monday, June 5, 2023

सिन्धुलीमाढिमा आज खुल्ला रक्तदान कार्यक्रम,२० जनाले रक्तदान गरे

सिन्धुली – सिन्धुलीमाढिमा आज खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा १७ जना पुरुष र ३ जना महिला गरि जम्मा २० जनाले रक्तदान गरेका थिए । कार्यक्रम अनेरास्ववियु नगर कमिटी अध्यक्ष तुलसीराम भुजेलको अध्यक्षता तथा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य पुर्ब मन्त्रि प्रदिप कटुवालको प्रमुख आतिथ्यतामा भएको हो ।

अनेरास्ववियु कमलामाई नगरपालिका कमिटी र राष्ट्रिय युवा संघ नेपाल कमलामाई नगर कमिटीको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा सिन्धुलीको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको सन्चालन युवा संघ नेपालका कमलामाई नगर कमिटी सचिव श्रबण नेवाःखड्गीले गर्नुभएको थियो ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...