Monday, June 5, 2023

सिन्धुपाल्चोकको हेलम्बुमा ट्रक पल्टिँदा एक जनाको ज्यान गयाे, चार जना घाइते

काठमाण्डाै – सिन्धुपाल्चोकको हेलम्बुमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् ।

गएराति साढे ८ बजे बा ४ ख ५३८२ नम्बरको ट्रक हेलम्बु गाउँपालिका २ ढोडेनीमा पल्टिँदा ३० वर्षकी पेमा तामाङको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घाइते दुई जनाको काभ्रेको धुलिखेल अस्पतालमा र दुई जनाको मेलम्ची नगर अस्पतालमा उपचार भइरहेको छ ।

ट्रकका चालक भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...