Monday, June 5, 2023

श्री भवानी माध्यामिक विद्यालय कत्लेशिखर भिमस्थानको ७२ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

सिन्धुली -श्री भवानी माध्यामिक विद्यालय कत्लेशिखर भिमस्थानको ७२ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ ।

विद्यालयलाई चमेना गृहको आवश्यकता भएकाले चमेना गृह सन्चालन गर्न आवश्यक रकम दिने कार्यक्रमका प्रमुख अतिथि संघिय माननीय सांसद श्याम कुमार घिमिरेले प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

विद्यालयका पूर्व शिक्षक तथा अभिभावक सुर्य कुमार तामाङले विद्यालयको ३१ विघा जग्गा कहाँ छ भनेर खोजिनिति गर्नुभयो । सो जग्गा जसरी पनि ब्यवस्थापन हुनु पर्ने र सो कार्यमा सबै मिलेर सहयोग गर्न समेत जोड दिनु भयो ।

विद्यालयको ७२ औँ बार्षिक उत्सबको अवसरमा विद्यालयको तर्फबाट विद्यार्थीहरुलाई विभिन्न विद्यामा प्रथम, द्धितिय र तृतिय हुने छात्र छात्राहरुलाई सम्मान र पुरस्कार वितरण गरिएको थियो ।
यस बर्ष शिक्षक सम्मानमा लामो समय देखि सोहि विद्यालयमा कार्यरत शिक्षक ज्ञानेन्द्र कुमार कर्णलाई गरिएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्र दिप कोईलाले विगत १० बर्ष देखि अलपत्र रहेको भवन सम्पन्न भएको र विद्यालयको शैक्षिक, भौतिक, आर्थिक लगाएत सम्पूर्ण सकारात्मक पक्षलाई सहयोग गर्न अपिल गर्नुभयो ।

कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक , समाजसेवि, पूर्व शिक्षक विद्यार्थी, शिक्षा क्षेत्रसंग जोडिएका ब्यक्तीत्वहरु, अभिभावक , विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

७२ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमको सन्चालन शिक्षक कुमार पोख्रेल र रघुनाथ कोईरालाले गर्नुभएको थियो ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...