Monday, June 5, 2023

अमरेशकुमार सिंहले गैरकानुनी बाटोबाट करोडौँ सम्पत्ति कमाएको भन्दै अख्तियारमा उजुरी

काठमाण्डाै – सांसद अमरेशकुमार सिंहले अकुत सम्पत्ति कमाएको भन्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

सर्लाहीको कविलासी नगरपालिकाका विकासकुमार ठाकुरले सांसद सिंहविरुद्ध उजुरीको माग गरेर आज साेमवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिनुभएको हो । उजुरीमा २०६३ सालमा राजनीति गर्दा सांसद सिंह कोठा भाडामा लिएर बसैको, एउटा मोटरसाइकल मात्रै रहेको तर अहिले करोडौँ रुपैयाँ कसरी आर्जन भयो भनेर खोज्न माग गरिएको छ ।

अहिले सांसद सिंहसँग सर्लाहीको बलरा नगरपालिकामा साढे दुई तलाको दुई करोड रुपैयाँ पर्ने घर, डेढ करोड रुपैयाँ पर्ने दुई बिघा जमिन, मलङ्गवामा भाउजुको नाममा दुई करोड रुपैयाँ पर्ने जग्गा,  जेठी श्रीमतीको नाममा झापाको भद्रपुरमा दुई करोड रुपैयाँ पर्ने जग्गा, ललितपुरको सैँबुमा एउटा तीन तले र अर्को चार तले घर गरेर ३० करोड रुपैयाँको सम्पत्ति रहेको उजुरीमा उल्लेख छ ।

यस्तै सैँबुमै २० करोड रुपैयाँको जग्गा, ग्वार्कोमा बहिनीको नाममा पाँच करोड रुपैयाँ पर्ने जग्गा, विभिन्न कलेजमा लगानी, दाजु र भाउजुको नाममा भारतको नयाँ दिल्लीमा पाँच करोड भारुको घर रहेको, काठमाण्डौको छाउनीमा रहेको कोलोनीमा पाँच करोड रुपैयाँको शेयर लगायतको सम्पत्ति रहेको पनि उल्लेख छ । अनुसन्धान गर्दै जाँदा थप सम्पत्ति फेला पर्न सक्ने पनि उजुरीमा उल्लेख छ ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...