सिन्धुली- मुक्तिनाथ विकास बैँक कमलामाई शाखाले आज सिन्धुलीमाढिमा वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।
जनता बैँकमा हैन बैँक जनतामा जानु पर्दछ भन्ने उद्धेश्यका साथ आज सिन्धुलीको बुद्धनगरमा रहेको शिद्धबाबा ईङ्लीस बोडिङ हाई स्कुलमा वित्तिय साक्षरता कार्यक्रम गरेको हो ।

कार्यक्रममा विद्यार्थीहरुलाई बैँकको सेवा सुविधा सम्बन्धी जानकारी, पछिल्लो समय लोकप्रिय बन्दै आईरहेको मोबाईल बैँकीङ लगाएत बैँक सम्बन्धी सम्पूर्ण जानकारी मुक्तिनाथ विकास बैँक कमलामाई शाखा सिन्धुलीका शाखा प्रबन्धक देवि प्रसाद पहाडिले गराउनु भएको थियो ।

विद्युतिय भुक्तानी कारोबार प्रबर्धन रुपमा मनाउने अभियान सँगै मुक्तिनाथ विकास बैकले आज आफ्नो देश भरी रहेको शाखा कार्यालयहरुबाट विभिन्न स्थानमा वित्तिय साक्षरता र घर दैलो कार्यक्रमको आयोजना गरेको छ ।