Monday, March 27, 2023

काठमाण्डौमा हल्का वर्षा, अन्य पहाडी क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने अनुमान

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिँदै

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिने भएको छ । 

स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्ववियु चुनाव गर्न निर्देशन

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्न निर्देशन दिएको छ ।

काठमाडौ – काठमाण्डौमा हल्का वर्षा भएको छ । पहाडी क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् वरुण पौडेलका अनुसार अहिले देशभरकै मौसम बदली भएको छ । पश्चिमी वायूको प्रभावका कारण मौसम बदली भएको र काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहाडी क्षेत्रका केही ठाउँमा आज मेघगर्जनसहित चट्याङ पर्ने अनुमान छ । यस्तै, हिमाली जिल्लाका केही ठाउँमा हल्का हिमपात हुनेछ । हिमाली क्षेत्रका एक दुई ठाउँमा अहिले पनि हिमपात भइरहेको मौसमविद्ले बताएका छन् । 

आज राति पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । राति कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च  पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

भोलि पनि पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने र हिमाली क्षेत्रका एक दुई ठाउँमा हिमपात हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । 

मेघगर्जन र चट्याङ्गको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

Hot Topics

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

Related Articles