Monday, March 27, 2023

नेपाली चलचित्र ‘फूलबारी’ आजदेखि हलमा

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिँदै

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिने भएको छ । 

स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्ववियु चुनाव गर्न निर्देशन

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्न निर्देशन दिएको छ ।

काठमाण्डाै – नेपाली चलचित्र ‘फूलबारी’ आजदेखि प्रदर्शनमा आएकाे छ । अवकाशप्राप्त शिक्षकको जीवनी देखाइएको यस चलचित्रमा विपिन कार्की, अरुणा कार्की, प्रियङ्का कार्की, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, गौमाया गुरुङ, साक्षी सिंह भण्डारीसहित विशेष भूमिकामा अभिनेता दयाहाङ राईकाे अभिनय रहेकाे छ । 

सञ्चयकोषमार्फत् पाउने रकम विद्यालयमै आफ्नी आमाको नामबाट कोष खडा गरेर अवकाशप्राप्त जीवन आफ्नो श्रीमती र सन्तानसँग बिताउने चाहना राखेको अभिभावकको अभाव र सरलताको कथा चलचित्रमा देखाइएको छ । यशोधा फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रमा किशोर मालपानीको कथा र उपेन्द्र सुब्बाको पटकथा रहेको छ भने यसलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । 

शिक्षक जयनारायण शर्माका श्रीमती लक्ष्मी शर्मा र तीन छोरा छन् । जेठोले विवाह गरिसकेका छन् र श्रीमतीसहित छोरीसँग बस्छन् । माइलोको आफ्नै एक ब्याण्ड छ र स्ट्रगल गरिरहेका छन् । कान्छो भने आफ्नो भविष्य बनाउन अस्ट्रेलिया लागिका छन् । तीन छोराको भविष्यका लागि जीवनभर मेहनत गरेका शर्मा दम्पती उपचार गराउन सहर पुगेपछि भोग्ने परिस्थितिले दर्शकसँग चलचित्रलाई जोड्छ । 

अभिभावकले सन्तानबाट राख्ने अपेक्षा र सन्तानले भुलेको संस्कार नै यसको मूल कथा हो । प्रदर्शनको पूर्वसन्ध्यामा हिजाे काठमाण्डौमा गरिएको प्रदर्शनीमा चलचित्र हेर्न आइपुगेका कलाकर्मीले सकारात्मक प्रतिक्रिया दिएका छन् । विशेषत शिक्षक जय नारायणको भूमिकामा देखिएका अभिनेता कार्कीको चर्चा भयो । ‘परिवारले हेर्नुपर्ने चलचित्र बनेको छ । यसले महत्त्व दर्शाउँछ’, अभिनेता तथा निर्देशक निर्मल शर्माले भने । 

‘कबड्डी’ का शृङ्खलामार्फत् दर्शकमाँझ पुगेका निर्देशक गुरुङले ‘पुरानो डुङ्गा’पश्चात् फरक श्रेणीको चलचित्र निर्देशन गरेका हुन् । ‘पहिलो दर्शक बनेका कलाकर्मी र मिडियाकर्मीबाट प्राप्त प्रतिक्रियाले उत्साहित छौँ । दर्शकको प्रतिक्रियाको प्रतीक्षामा छ’, उनले भने । 

Hot Topics

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

Related Articles