Monday, March 27, 2023

‘कर्णाली उत्सव’ काे चौथो संस्करण आजदेखि

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिँदै

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिने भएको छ । 

स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्ववियु चुनाव गर्न निर्देशन

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्न निर्देशन दिएको छ ।

सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेकाे बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’को चौथो संस्करण आजदेखि सुरु हुँदैछ । 

आयोजक ऋति फाउण्डेसनका संयोजक कमल लम्सालका अनुसार यही ७ गतेसम्म हुने उत्सव सरोकारवालालाई प्रश्न र उत्तर गर्ने माध्यमका रुपमा लिइएको छ ।

उहाँले भन्नुभयो, ‘कर्णालीका विभिन्न क्षेत्र समेटिने गरी ५० भन्दा बढी सवालमा छलफल गरिसकेका छौँ ।’ विचारको बहसबाट साझा विवेक र चेतनाको विकास भएको उहाँको भनाइ छ । कर्णालीको समग्र क्षेत्र समेटिने गरी कार्यक्रमको ढाँचा तयार गरिएको लम्सालले बताउनुभयो । 

उत्सवको सवाल तथा विषयवस्तु तयारी टोलीका संयोजक प्रकाश लामिछानेले १६ भन्दा बढी सत्रमा ६० भन्दा बढी वक्ता बोल्ने कार्यक्रम रहेको बताउनुभयो । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले उत्सवको उद्घाटन तथा वीरेन्द्रनगर नगरपालिकाका उपमेयर नीलकण्ठ खनालले आमन्त्रितलाई स्वागत गर्नुहुनेछ ।

पहिलो दिनको सत्रमा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले चौथो संस्करणसम्म आइपुग्दा, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हामी कसरी जोडियौँ ? भन्ने विषयमा आफ्नो प्रस्तुति राख्ने कार्यक्रम छ । तातोपानी निवासी नारायणी चौलागाईँले कर्णाली उत्सवदेखि लाम्रा संवादसम्मको विषयवस्तु राखेपछि निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेलले निर्वाचन र लोकतन्त्रका विषयमा प्रवचन दिने कार्यक्रम छ ।

‘कर्णाली चिन्तन’ शीर्षकमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह वक्ता रहनुभएको छ । दोस्रो, तेस्रो, चौथो र पाँचौँ सत्रमा क्रमश ‘कर्नाली खेल्दो छ’, ‘यो सहर–त्यो रहर’, ‘भोट र भेट’, ‘शिक्षा र समर्पण’ शीर्षकमाथि बहस हुँदा विभिन्न क्षेत्रसँग सम्बन्धित दश वक्ताले भाग लिनेछन् । पहिलो दिन कर्णालीको पैकेलो (नायक) का रुपमा गायक सुरज पण्डितलाई उत्सवमा सम्मान गरिनेछ । बेलुकीमा साङ्गीतिक साँझ कार्यक्रम गरिने आयोजकले जनाएको छ । 

Hot Topics

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

Related Articles