Monday, March 27, 2023

फिक्कलमा विकास निर्माणका धमाधम हुदै

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिँदै

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिने भएको छ । 

स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्ववियु चुनाव गर्न निर्देशन

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्न निर्देशन दिएको छ ।

सिन्धुली- फिक्कल गाउँपालिकाले पूर्वाधार विकास निर्माणका काममा तिव्रता दिएको छ । फिक्कललाई पर्यटकिय स्थलका रुपमा स्थापित गर्न पालिकाले चासोकासाथ सडक निर्माणका काम अघि बढाएको हो । पालिकाले सुनकोशी गडतिर पुष्पलाल लोकमार्गबाट फिक्कल डाँडा सम्मको आवत जावतमा सहजता होस् भनि पालिका भित्रका विभिन्न स्थानबाट सडक सञ्जालका कामलाई प्राथमिकतामा राखेको छ ।

महत्वपूर्ण सडक योजना निगुरे खोला–लुम्ती हुँदै फिक्कल, तर्केनी–खाङसाङहुँदै फिक्कल र शोखु–रत्नावती हुँदै फिक्कलसम्म पुर्याउने सडक स्तरोन्नती र सडक निर्माणमा पालिका जुटेकोे जनाएको छ । फिक्कलमा सडक सञ्जालको विस्तारसँगै पर्यटकहरुको अवत–जावतमा थप सहज हुने भएपछि फिक्कल–३ चनौटेका व्यवसायीहरु समेत उत्साहित बनेका छन् ।

सबै स्थानबाट फिक्कलका छ वटै वडाकार्यालय सम्मको आवतजावत सहज गर्न पालिका लागि परेको उपाध्यक्ष राजु बरालको भनाई छ । उहाँले पालिका भित्रका सडक दीर्घकालिन रुपमा सञ्चालनमा चासोका साथ लागेको बताउनुभयो । उपाध्यक्ष बरालले भन्नुभयो, “भदौरे– ढोडेनी– महादेवडाडा– दमार, ढोडेनी– महादेव डाँडा, चनौटे– दमार– महादेव डाँडा, नवपुर–लुम्ति– पौति, खोखु खोला–सालुके सम्मका सडक विस्तारमा पनि पलिका जुटेको छ । काम समयमै पुरा गर्न समेत निर्माण व्यवसायीहरुलाई भनेका छौँ ।”

सडक भएपनि विमारी हुँदा एम्बुलेन्स ल्याउन नसक्ने स्थिति विगतमा भोगेको स्थानियले गुनासो गरेका छन् । यस्ता समस्या समाधान गर्न पालिकाले देखाएको चासो प्रति स्थानीयहरु सकारात्मक बनेका उनीहरुको भनाई छ । गाउँपालिकामा महत्वपूर्ण काम हुँदा पनि वर्षा याममा आवत–जावतमा असहज हुनेगरेको खुरहरी, महादेव डाँडाका स्थानीय बताउछन् ।

पालिकाले शुरु गरेका योजना समयमा सम्पन्न गर्ने तथा सडक समस्या हुन नदिने हो भने फिक्कल पर्यटकिय गन्तव्य बन्न थप सहज हुनेछ । फिक्कल–३ का वडाध्यक्ष टेक बहादुर रजन मगरले आन्तरिक तथा वाह्य पर्यटक लक्षित गरी फिक्कल–३ चनौटेमा बनाएका होमस्टे तथा स्थानीय व्यापारमा समेत टेवा पुग्ने बताउनुभयो ।

Hot Topics

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

Related Articles