Monday, December 4, 2023

चितवनकाे इच्छाकामनामा तरकारी ढुवानी गर्न कृषि एम्बुलेन्स

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका व्यक्तिलाई बसले किच्यो

काठमाडौं— सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन...

काठमाण्डौमा आज यो वर्षको अहिलेसम्मकै चिसो

काठमाण्डौ – काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ...

चितवन – कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । यसका लागि सङ्घीय सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेको छ । पालिकाभित्र पर्ने पहाडी क्षेत्रका किसानलक्षित कृषि एम्बुलेन्स खरिद गर्न लागेको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । घुम्ती सेवामार्फत् कृषि उत्पादन किसानका घर–घरबाट बजारसम्म ल्याइने उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार वडा नं १, २ र ७ का किसानले उत्पादन गरेका कृषिजन्य उत्पादनको सहज ढुवानीका लागि तीनवटा कृषि एम्बुलेन्स खरिद गर्ने तयारी गरिएको हो । ‘किसानले उत्पादन गरेका कृषि उपजलाई बजारसम्म लैजान सहज होस् भन्ने उद्देश्यले कृषि एम्बुलेन्स खरिद गर्न खोजेका हौँ’, उहाँले भन्नुभयो । अहिले पनि इच्छाकामनाको पहाडी क्षेत्रका बासिन्दाले निकै कष्टका साथ कृषिजन्य उत्पादन बजार पुर्याउनुपर्ने बाध्यता छ । 

तत्कालका लागि तीनवटा एम्बुलेन्स खरिद गर्ने तयारीमा रहेको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार सङ्घीय सरकारले ४० लाख रुपैयाँ बजेट व्यवस्थापन गरिदिएको छ भने त्यसमा पालिका र कृषि समूह तथा सहकारीको सहकार्यमा आधा–आधा रकमको व्यवस्थापन हुनेछ । ‘सङ्घीय सरकारसँगै पालिकाले २५ प्रतिशत र कृषि समूह तथा सहकारीको २५ प्रतिशत रकम व्यवस्थापन गरेर कृषि एम्बुलेन्स खरिद गर्ने योजना हो’, उहाँले भन्नुभयो ।

गाउँपालिकाले तीनवटा एम्बुलेन्स खरिदका लागि करिब ८५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । ‘विशेषगरी वडा नं १ को भाराङ, हात्तीवाङ, वडा नं २ को मायाटार, वल्र्याङ र वडा नं ७ को दाहाखानीलगायतका क्षेत्रलक्षित गरी साधन खरिद गर्न लागेको हो’, अध्यक्ष गुरूङले भन्नुभयो ।  कृषि एम्बुलेन्सको प्रयोगबाट भौगोलिक विकटताका कारण किसानले उत्पादन गरेका तरकारी तथा फलफूलले उचित बजार नपाउँदा बारीमै फाल्नुपर्ने अवस्थाको अन्त्य हुने गाउँपालिकाले विश्वास लिएको छ । 

‘पालिकाको वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत रहेर यो कार्यक्रम सञ्चालनको तयारीमा छौँ’, उहाँले भन्नुभयो, ‘बजेटको व्यवस्थापनका लागि पटक–पटक सङ्घीय सरकार धाउनुपर्यो ।’ इच्छाकामना गाउँपालिकाभित्र सुन्तला उत्पादन राम्रो हुन्छ । यस्तै काँक्रो, गोलभेँडा, फर्सी, बन्दा, काउली, भेडे खुर्सानी, अदुवा, रायो, आलु, करेला, घिरौँला, मुला, स्कुस, लौका, धनियाँ, पालुङ्गोलगायतका तरकारी उत्पादन हुने गरेको छ । गाउँमा उत्पादन भएका फलफूल र तरकारी राजमार्गमा रहेका चुम्लिङटार, कुरिनटार र मुग्लिनमा ल्याएर बेच्ने गरिएको छ ।

Hot Topics

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

Related Articles