Monday, March 27, 2023

हिउँदे वर्षा नहुदा किसान चिन्तामा

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिँदै

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिने भएको छ । 

स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्ववियु चुनाव गर्न निर्देशन

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्न निर्देशन दिएको छ ।

सिन्धुली – कमलामाई नगरपालिका ४ का सन्तोष ढकालले गत वर्ष पुष अन्तिम मै खेतमा गहुँ छरि सक्नुभएको थियो । समयमा गहुँ छर्दा उत्पादन पनि राम्रो भएको थियो ।

यस वर्ष माघ अन्तिम हुन लागिसकेको छ तर ढकालले खेतमा अझै गहुँ छर्न सक्नुभएको छैन । हिउँदे वर्षा नभएको कारण गहुँ छर्न नसकेको उहाँले गुनासो गर्नुभयो । “गहुँ छर्नका लागि खेत भिजेको हुनुपर्दछ । आकाशे पानीको भर हो । पानी नपर्दा अहिले सम्म खेतमा गहुँ छर्न सकिएन ।” उहाँले भन्नुभयो ।

हिउँदमा पर्याप्त पानी नपर्दा किसानलाई चिन्ता थपिएको छ । सरकारी तथ्याङ्कअनुसार नेपालमा करिब ६० प्रतिशत नागरिक कृषिमा निर्भर रहेका छन् । तर उनिहरूलाई सिँचाईको पर्याप्त व्यवस्था भने हुन सकेको छैन । जसका कारण किसानले सिँचाईका लागि आकाशे पानीमा निर्भर हुनुपर्ने बाध्यता छ ।

पानी नपर्दा मकैँ, गहुँ लगायतमा बाली समयमा छर्न नपाएको किसानले गुनासो गरेका छन् । पानी नपरेका कारण कमलामाई नगरपालिका ४ का किसान जिवन थापाले पनि गहुँ छर्न पाउनुभएको छैन । “पानी पर्छ कि भनेर कुरेर बसेका छौँ । यति बेला गुहँ उम्रने समय हो ।” उहाँले भन्नुभयो । पानी नपरेको कारण खेतयोग्य जमिन बाँझै बसेको किसानले गुनासो गरेका छन् । कमलामाई नगरपालिका ३ चपौलीका सावित्रा कार्कि पानी नपरेको कारण खेतका सबै साग नै पँहेले भएको गुनासो गर्नुहुन्छ । “खेतका सबै तरकारी पँहेलो हुन थालेको छ । साग पनि राम्रो भएन्, पानी नभएको कारण सागकोे बोट नै सुक्न थालेको छ ।” उहाँले भन्नुभयो ।

सरकारी तथ्याङ्क अनुसार झन्डै साढे २६ लाख हेक्टर जमिन खेतीयोग्य रहेको नेपालमा १७ लाख ६६ हजार हेक्टर सिंचाईयोग्य जमिन छ । सरकारको पहलमा सिँचाइ सुरु भएको ९६ वर्षमा १० लाख हेक्टर जमिनमा मात्रै सिंचाई पुगेको छ । करिब ८ लाख हेक्टर जमिन आकाशे पानीकै भरमा छ । यसपटक आकाशे पानी नपर्दा बाली लगाउन ढिलाइ मात्रै होइन पानीका स्रोत पनि सुक्न थालेका छन् । जसका कारण बाली लगाउन नपाउने र लगाएको बाली समेत सुक्ने चिन्ता थपिएको छ ।

Hot Topics

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

Related Articles