Monday, March 27, 2023

सिन्धुलीमा परालको गुन्द्री लोप हुँदै

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिँदै

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिने भएको छ । 

स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्ववियु चुनाव गर्न निर्देशन

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्न निर्देशन दिएको छ ।

सिन्धुली – पछिल्लो समय रेडिमेट सामग्रीको प्रयोग बढेसँगै सिन्धुलीमा हातले बनाइने तथा बुन्ने परम्परा हराउँदै जान थालेको छ । बजारमा सजिलै पाइने प्लास्टिकका गुन्द्री र म्याटको बढ्दो प्रयोगसँगै परम्परागत परालको गुन्द्री बुन्ने चलन हराउँदै गएको हो ।

मंसिरको अन्तिम हप्तादेखि माघको तेस्रो हप्तासम्म घरको आँगनमा पारिलो घामसँगै गुन्द्रीका तान तानिएका हुन्थे । हिजो आज भने गुन्द्री बुन्ने चलन फाट्टफुट्ट मात्र भेटिने गरेको सुनकोशी गाउँपालिका ५ कि ६१ वर्षिय कमला थापा बताउनुहुन्छ ।

गाउँमा कहीँ कतै गुन्द्रीका तान देख्दा नयाँ पुस्तालाई नौलो लाग्न थालेको छ । बाबियोको डोरीको तानमा पराल मिलाएर राखेपछि एक–दुई दिनमै तयार हुने गुन्द्री अहिले कमै मात्रामा पाइन्छ । अचेल बाबियोको ठाउँमा जुट र प्लास्टिकका डोरी प्रयोग हुन थालेका छन् ।

चिसोबाट बच्न गुन्द्री अति उपयोगी हुने र बिस्कुन सुकाउन पनि सहज हुने तथा विवाह, व्रतबन्ध होस् वा अन्य सामाजिक संस्कारका काम गर्दा पनि गुन्द्री अति उपयोगी मानिन्छ । परालबाट बन्ने र यता–उता लैजाँदा हलुका र झन्झट नहुने हुँदा यो अति नै उपयोगी हुने थापाले बताउनुभयो ।

आफूहरुको पालामा त बाबियो काटेर र बाबियो बाटेर तान लगाई गुन्द्री बुन्ने चलन भएको उहाँले बताउनुभयो । अहिले त बाबियो पनि मासिँदै गएको उहाँको भनाइ छ । बाबियो र परालको गुन्द्रीको प्रयोग घट्दै गएको र पहिलेको तुलनामा अहिले धेरैले प्लास्टिकका गुन्द्री र म्याट प्रयोग गरेको उहाँले बताउनुभयो ।

हिउँदाको समयमा जब काम सकिन्छ, घर नजिकै समथर बारी र आँगनमा तलमाथि ४ वटा किला गाडिन्छ । तलमाथिका किलामा नै २ वटा काठ तेर्स्याइन्छ । काठको हतासोभित्र डोरी छिराइन्छ । डोरी काठमा बाधिन्छ । सर्लक्क परेका लामो परालको त्यान्द्रा हाली हतासोले ठोकिन्छ अनि दायाँ र बायाँ हातैले बिट मारिन्छ । बिट मार्नका लागि पनि कला चाहिन्छ । यसरी नै गुन्द्री बुनिन्छ ।

आधुनिकता, सजिलोको नाममा हाम्रा मौलिक संस्कृतिसँग जोडिएका परम्परागत गुन्द्री, चकटी साथै डोका–नाम्लाहरू बुन्ने र प्रयोग गर्ने चलन संकटमा पर्छन् कि भन्ने पिर लाग्न थालेको थापाले बताउनुभयो । यसको संरक्षण गर्नका निम्ति अहिलेका स्थानीय सरकारले जोड दिनुपर्ने उहाँको तर्क छ ।संरक्षण र प्रवर्द्धनका निम्ति नयाँ पुस्ताले चासो दिनुका साथै पुराना पुस्ताले पनि पुर्ख्यौली सीप हस्तान्तरण गर्न आवश्यक छ । नयाँ पुस्ताले परम्परागत वस्तुहरूको उत्पादनमा ध्यान नदिने हो भने हाम्रा मौलिक परम्परा तथा संस्कृतिको संरक्षण हुन कठिनाइ हुने देखिएको छ ।

Hot Topics

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

Related Articles