सिन्धुली- गोलन्जोर गाउँपालिका वडा नम्बर ३ मा रहेको गल्टार प्रहरी चौकिको भवन स्थानियले प्रयोग गरेका छन् । वि.स २०७२ सालको भुकम्पपछि अस्थायी रुपमा बसोबास गर्ने प्रहरीले बनाएको प्रहरी चौकी गल्टारको भवन अहिले स्थानियले गोठको रुपमा प्रयोग गरेका हुन् ।
चौकिको पक्कि भवन निर्माण भएपछि सो अस्थायी भवन छोडेर पक्कि भवनमा सरेको छ । अस्थायी रुपमा बनाएको चौकिको भवनमा हाल बाख्रा, गाइगोरु बाधेको स्थानिय अर्जुन बहादुर थापाले बताउनुभयो । “सार्वजनिक भवन स्थानियले प्रयोग गरेका छन् । पहिलेको प्रहरी चौकिको भवनमा अहिले गाइगोरु, बाख्रा बाधेर गोठको रुपमा प्रयोग गरिरहेका छन् ।” उहाँले भन्नुभयो । सरकारवाला निकायले पनि कुनै चासो नदेखाएको उहाँले बताउनुभयो ।
सार्वजनिक भवन निजि रुपमा कसैले प्रयोग गर्न नमिल्ने उहाँ बताउनुहुन्छ । यसरी सार्वजनिक भवन एक निजि व्यक्तिले प्रयोग गर्न पाउँदैनन् । भवनमा बाख्रा, गाइगोरु बाधेर गोठको रुपमा प्रयोग भएको छ । अनाथ तथा सडक व्यक्तिहरु बस्ने ठाउँ हुदैनन् । उनीहरुको लागि व्यवस्था गरिदिए पनि राम्रो हुने थियो । उहाँले भन्नुभयो । स्थानिय राधा थापा र भिम बहादुर थापाले सो भवन गोठको रुपमा प्रयोग गरिरहेको उहाँले जानकारी दिनुभयो ।
बारम्बार राधा थापा र भिम बहादुर थापालाई सो भवन प्रयोग गर्न अनुरोध गर्दा समेत अटेर गरेको उहाँको भनाइ छ । यस विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण गर्दा समेत वेवास्ता गरेको उहाँले बताउनुभयो । “यस विषयमा मैले इलाका प्रहरी कार्यालय खुर्कोटमा पनि जानकारी गराएको, प्रहरी चौकि गोल्टारलाई पनि भने, प्रहरीले भवन गाउँपालिकालाई जिम्मा लगाइसकेको भन्छ । गाउँपालिकामा भन्दा आफ्नो पाटिको कार्यकता भएर हो कि, केहि चासो देखाउनु हुन्न ।” अर्जुन बहादुर थापाले भन्नुभयो ।
यस विषयमा हामीले जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक राजकुमार सिल्वाल सँग बुझ्दा उहाँलाई जानकारी नभएको बताउनुभयो । यता गाउँपालिकाको अध्यक्ष शंखर बरालसँग भने सम्र्पक हुन सकेन ।