सिन्धुली – सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ गरेको हो ।
तिनपाटन गाउँपालिकामा चोरी भएको मोटरसाइकल संचालन भइरहेको छ भन्ने विषेश सुचनाको आधारमा प्रहरीले तिनपाटनबाट हराएको ४ वटा मोटसाइकल सहित ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक तथा प्रवक्ता हरिकृष्ण केसिले बताउनुभयो । उहाँका अनुसार यहि माघ ३ गते तिनपाटन गाउँपालिकाको विभिन्न स्थानमा चोरी भएको मोटसाइकल घरमा लुकाइछिपाइ राखेको अवस्थामा घरबाटै मोटसाइकल सहित ५ जना पक्राउ गरेको हो । प्रदेश ३०२–००४५.६५०३ न भएको १५० सि.सि.को पल्सर मोटरसाईकल सहित तिनपाटन गाउँपालिका वडा नं. ६ पिपलपलासे का समिर काफ्लेलाई प्रहरीले पक्राउ गरेको हो । यस्तै, प्रदेश २०२–००३ प.३१५२ न भएको TVSअपाचे मोटरसाईकल सहित तिनपाटन गाउँपालिका वडा नं ४ बिसटार का घनश्याम भुजेललाई घरबाटै पक्राउ गरिएको छ । बा.५६ प.०५८४ न भएको २२० सि.सि.को बजाज कम्पनीको पल्सर मोटरसाईकल सहित तिनपाटन गाउँपालिका वडा नं ६ बिजयपुर का मान बहादुर खपाङ्ङ्गलाई पनि घरबाटै पक्राउ गरिएको हो । कालोमा रातो रंगको बा.९१प.५७४६ न भएको १५० सि. सि.को बजाज कम्पनीको पल्सर मोटरसाईकल सहित तिनपाटन गाउँपालिका वडा नं ४ बिसटार का सन्तोष बाराकोटी र सो मोटरसाईकल खरिद गर्नको लागी सहयोग गर्ने सोहि ठाउँका ३१ वर्षिय जिवन रमौलीलाई समेत पक्राउ गरिएको छ ।
यस्तै, माघ ६ गते प्रहरी चौकी चकमकेबाट प्रहरी टोलीले तिनपाटन गाउपालिका वडा नं. ११ चकमकेबजारमा चेकजाँचको क्रममा चोरी भएको प्र २–०१–००३ प ९७८ नं. को मोटसाइकल सहित दुइ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोटसाइकल चालक उदयपुर कटारी नगरपालिका ४ का १९ वर्षिय ईश्वर दर्नाल र मोटसाइकल पछाडि सवार फिक्कल गाउँपालिका १ का २८ वर्षिय प्रदिप नेपाली पक्राउ परेका छन् । पक्राउ परेका सात जनालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रनाउ केसिले बताउनुभयो ।
यस्तैबिच, प्रहरीले हराएको मोटसाइकल फेला पारि सम्बन्धीत धनीलाई बुझाएको छ । यहि माघ ६ गते कमलामाई नगरपालिका वडा नं. ६ हायुटोलबाट प्र. २–०३–००७ प ४६५८ नं. को मोटसाइकल हराएको थियो । सो मोटसाइकल खोजतलासि गर्ने क्रममा नंम्बर परिवर्तन गरी प्र२–०३–००२ प ४८५३ नं. बनाइ कमलामाई नगरपालिका वडा नं. ७ गडौलीखोला नजिक भित्तामा फेला परेको थियो । फेला पारेको उक्त मोटसाइकल विहिबार मोटसाइकल धनि कमलामाई नगरपालिका वडा नं. ६ का ३४ वर्षिय भुवल हायुलाई बुझाएको प्रनाउ केसिले बताउनुभयो । उहाँका अनुसार चोरी गर्ने व्यक्तीको खोजि कार्य भईरहेको छ ।
प्रहरीले फोस्रेटार स्कुल क्षेत्र सरसफाइ ग¥यो
प्रहरीले फोस्रोटर स्कुल क्षेत्र सरसफाइ गरेको छ । सुक्रबार कमालमाई नगरपालिका ५ मा रहेको जनन्ज्योति माध्यमिक विद्यालय फोस्रेटार क्षेत्र सरसफाइ गरेको हो । सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सरसफाइ गरिएको प्रहरीले जनाएको छ । स्कुल क्षेत्रमा रहेका नाला, पाटी, ढुङ्गेधारा, मन्दिरलगायतमा रहेको फोहर सफा गरिएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख तथा प्रहरी उपरिक्षक राजकुमार सिलवाल समेत उपस्थिति हुनुभएको थियो ।
यस्तै, सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत बालविवाह र बहुविवाह रोगथामको लागि सचेतना मुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सुक्रबार कमलामाई नगरपालिका ६ धुराबजारमा रहेको समय पाठशाला विद्यालयमा सो कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालयका विद्यार्थीलाई वाल विवाह गर्दाको समस्या, बहुविवाहले समाजमा पार्ने नकारात्मक विषयमा जानकारी गराइएको थियो । साथै बालविवाहले समाजमा पारिरहेको समस्या र समाधानको विषयमा पनि छलफल भएको थियो ।