Monday, December 4, 2023

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

सिन्धुली – सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशु सेवा विभाग खोरेत तथा सिमाविहिन पशु रोग अन्वेषण प्रयोगशाला गरिएको परिक्षणले खेरेत रोग पुष्टि गरेको हो । खोरेत रोग पशुहरुको महामारी सिमाविहिन पशु रोग भएकाले रोग नियन्त्रण विधि अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

फिक्कल गाउँपालिकाको अध्यक्ष पार्वती सुनुवारले खोरेतको कारण पशुपालक किसान तथा ब्यवसायिक फार्मवालाहरुलाई पशु खरिद विक्रि पनि नगर्न आग्रह गर्नुभएको छ । ‘यस्तो बेला बाहिरको पशु भित्र्याउन हुँदैन । यताका पनि बाहिर पठाउन मिल्दैन, जतिसक्दो छिटो आफ्ना गोठ र फार्महरुमा जैविक सुरक्षा अपनाउने हो ।’ खोरेतको संक्रमण फैलिन नदिन खोरेत खोप कार्यक्रम संचालन गरिरहेको उहाँले बताउनुभयो ।

खोरेत के हो ?

खोरेत गाई, भैसी, बाख्रा, सुगुँर, बँगुर, बदेल, हात्ति लगायत खुरखुट्टा जंगली जनावरमा देखा पर्ने भयानक सरुवा रोग हो । अन्य महामारी रोगको तुलनामा यो रोग विभिन्न जनावर जातमा एकै पटक देखा पर्न सक्ने, धेरै जनावर प्रभावित भएपनि थोरै मात्र मर्ने गर्दछ । खोरेत रोग धेरै जनावरलाई लाग्न सक्ने, रोग लागि निको भएका उग्राउने जनावर तथा बाहिरी बातावरणमा लामो समय रोगाणु जीवित रहन सक्ने भएकोले नियन्त्रण तथा उन्मुलन गर्न अति नै कठिन मानिन्छ ।

खोरेत रोगको विषाणु अति खतरनाक किन मानिन्छ ?

खोरेत विषाणु अति सुक्ष्म, थोरै समयमा धेरै सन्तान उत्पादन गर्ने क्षमता भएको, बाहिरी वातावरणमा लामो समयसम्म क्रियाशील रहन सक्ने हुन्छ । दुषित घाँसपातमा १ महिनासम्म जीवित रहन्छ भने हड््डीसहितको फ्रोजोन मिटमा लामो समय बाँचिरहन्छ । खेरेत विषाणु भूसतहमा ६० किलोमिटर र समुन्द्री सतहमा ३०० किलोमिटर हावाको माध्यमबाट पार गर्न सक्दछ ।

छोटो समयभित्र खोरेत विषाणुले पशुलाई रोगी तुल्याउन सक्ने र विभिन्न जातका जनावरलाई एकैपल्ट आक्रमण गर्नसक्ने क्षमताका कारण यो रोग महामारीको रुपमा फैलिन्छ । झवाट्ट र्हेदा खोरेत रोग एकै किसिमको हुने भान परेता पनि वास्तवमा रोगको प्रकोप, महामारीको रुप र विरामी जनावरमा देखा पर्ने घातक स्थिति धेरै हदसम्म खोरेत विषाणुको जात, उपजात र स्ट्रेनमा निर्भर गर्दछ ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles