सिन्धुली – फिक्कल गाउँपालिकामा साढे एक सय भन्दा बढी कुकुर बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाइएको छ । गाउँपालिका भित्रका १ सय ५३ वटा सामुदायिक कुकुर बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाइएको हो । गाउँपालिका भित्र रहेका घरपालुवा तथा भुसिया कुकुरहरुलाई २ दिन बध्याकरण तथा रेबिज खोप कार्यक्रम संचालन गरिएको थियो । सो कार्यक्रममा १ सय ५३ वटा कुकुर बन्ध्याकरण गरिएको हो । भाले ९९ वटा र ५४ वटा पोथि जातको कुकुर बन्ध्याकरण गरिएको थियो । साथै १ सय ५३ वटै कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको हो ।
फिक्कल गाउँपपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा सामुहिक सरोकार समाज CCS_सिन्धुलीको सहजिकरणमा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागमति प्रदेश सिन्धुलीको आयोजनामा केन्द्रीय रिफरल पशु चिकित्सक त्रिपुरेश्वसको प्राविधिक सहयोगमा कार्यक्रम संचालन गरिएको हो । दुइ दिन माघ ६ र ७ गते वडा नंं. ४ को खाङसाङ्गबसी स्थित मदन आश्रीत स्मृति भवनमा कार्यक्रमको आयोजना गरिएको थियो ।