Monday, June 5, 2023

हरिहरपुरगढीमा रसायनिक मल कारखाना निर्माणको काम अगाडि बढ्यो

सिन्धुली- हरिहरपुरगढी गाउँपालिकामा रसायनिक मल कारखाना निर्माणको काम अगाडि बढेको छ । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ मा मल कारखाना निर्माण हुनेभएको हो ।

रसायनीक मल कारखानाको निर्माण कार्य अगाडि बढाउन मंगलबार हरिहरपुरगढी गाउँपालिकाको कार्यालयमा बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबा, प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेल ,सिन्धुली नापी कार्यालयका प्रमुख सरोज श्रेष्ठ लगायत स्थानिय प्रतिनिधि विच छलफल भएको छ । निर्वतमान मुख्यमन्त्री पाण्डेले रसायनिक मल उधोग संचालनको लागि आवश्यक सम्पुर्ण कागजी प्रकिया पुरा गर्न तत्काल प्रकिया अघि बढाउन सुझाव दिनुभएको छ । साथै मुख्यमन्त्री पाण्डेले रसायनिक मल कारखाना निर्माण हुने स्थल वडा न.३ मा स्थलगत अनुगमन समेत गर्नुभएको छ ।

यस अघि रसायनिक मल कारखाना संचालनका लागि थाइल्याण्डको महाचाड ईन्टरनेशनल कम्पनी र हरिहरपुरगढी गाउँपालिका बिच सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष बज्रध्वज वाइवा र थाइल्याण्डको महाचाड इन्टरनेशनल कम्पनीको प्रतिनिधि CEO Ploythonglompetch Thammachotmongkhol ले हस्ताक्षर गर्नु भएको थियो ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...