Monday, June 5, 2023

सिन्धुलीमा सवारी कारबाहिबाट एक महिनामै ४० लाख बढी राजस्व

सिन्धुली -सिन्धुलीमा सवारी कारबाहिबाट एक महिनामै ४० लाख बढी राजस्व संकलन भएको छ । यहि पौष महिनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले सवारी कारबाहिबाट ४० लाख ३७ हजार राजस्व संकलन गरेको हो । जिल्ला भित्र चल्ने र जिल्ला हुदै चल्ने सवारी कारबाहिबाट उक्त रकम संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख जेजङ्ग कार्किले बताउनुभयो । उहाँका अनुसार ट्राफिक नियम विपरित चलेका सवारी कारबाहि गरिएको हो ।

जिल्ला सबै भन्दा बढी जिप कार कारबाहिमा परेका छन् । सवारी कागजपत्र नभएका तथा ट्राफिक नियम उल्लंघन गर्ने ९ सय ५६ जिप कार कारबाहिमा परेका छन् । त्यसबाट १० लाख ४ हजार ५ सय राजस्व संकलन भएको प्रमुख कार्किले बताउनुभयो ।

यस्तै, ८ सय ४ ट्रक कारबाहिबाट ८ लाख ७८ हजार, ५ सय ३८ बस कारबाहिबाट ५ लाख ५ हजार ५ सय, ९ सय ५ मोटसाइकल, स्कुटर कारबाहिबाट ९ लाख ४९ हजार राजस्व संकलन भएको छ । २ सय ट्याक्टर कारबाहिबाट २ लाख १ हजार र ३ सय ९७ अटो लगाएत अन्य सवारी कारबाहिबाट ३ लाख ९९ हजार राजस्व संकलन भएको छ । पछिल्लो समय दरबन्दी अनुसार ट्राफिक कर्मचारी भएसँगै सवारी चेकजाँचमा कडाइ गरि सवारी दुर्घटना न्यूनिकरणमा लागेको प्रमुख कार्किले बताउनुभयो ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...