Thursday, September 28, 2023

सिन्धुलीमा चिसो बढ्यो

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम - पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

सुनकोशी ९ मा नमुना विद्युतिकरणको सार्वजनिक सुनुवाई

ओखलढुंगा - ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ मा उज्यालो वडा अभियानको विद्युतिकरणबारे सार्वजनिक सुनुवाई गरिएको छ । सुनकोशी गाउँपालिका–९ का संस्थापक वडाअध्यक्ष झनक कुमार...

सिन्धुली- सिन्धुलीमा बाक्लो हुस्सु लाग्न थालेपछि अत्याधिक चिसो बढेको छ । जाडोका कारण जनजीवन प्रभावित बनेको छ । चिसोको कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् । आइतबार जिल्लामा दिउँसो घाम समेत लागेको थिएन् ।

चिसो बढेपछि स्थानीय बासिन्दाले ठाउँ–ठाउँमा आगो ताप्ने गरेको देखिन्छ । केहि दिन अगाडि दिउँसो अलि–अलि घाम लागे पनि आइतबार बाक्लो हुस्सुको कारण अत्याधिक चिसो बढेको कमलामाई नगरपालिका ४ का स्थानिय सरोज लामाले बताउनुभयो ।

चिसो बढेसँगै जनजिवन नै प्रभावित भएको उहाँ बताउनुहुन्छ । “चिसोको कारण दैनिक काममा पनि समस्या परेको छ । बालबालिकालाई चिसो बाट जोगाउन मुस्कील छ । चिसोको कारण घरबाहिर निस्कन नसक्ने भएको छ ।” उहाँले भन्नुभयो । शीतलहरले आलु, गोलभेँडा र अन्य सागपातमा समेत असर पु¥याएको कमलामाई नगरपालिका ४ ज्यामिरेका किसान सरिता विक गुनासो गर्नुहुन्छ । “शितलहर पर्न थालेको छ । यो शितलहरले तरकारी खेतीमा असर गर्दछ । आइतबारबाट शितलहर पर्न सुरु गरेको छ ।” उहाँले भन्नुभयो ।

अत्याधिक चिसो बढेपछि बालबालिकामा निमोनिया र श्वासप्रश्वासको सङ्क्रमण बढेको छ । जाडो मौसममा ज्वरो, टन्सिल, दम, मुटुमा समस्या, जोर्नीको दुखाइ आदि रोग तथा समस्या हुने गरेको चिकित्सक बताउँछन् । खासगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती, दीर्घरोगी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई चिसोले निकै सताउने गरेको उनीहरुको भनाइ छ । रुघाखोकी र ज्वरोको समस्या सिजन परिवर्तनको बेला प्रायःमा देखिन्छ । शरीरको प्रतिरोधक क्षमता कमजोर भएका व्यक्तिलाई मौसमी समस्याहरु देखिन्छन् ।

जाडोमा देखिने यस्ता विभिन्न समस्याबाट बच्नको लागि न्यानो रहनु नै उत्तम उपाय भएको चिकित्सकले बताएका छन् । साथै जाडोको समयमा वाफ लिने, नुन पानीले कुल्ला गर्ने, संक्रमण भएको अवस्थामा तातो झोलीय तरल पदार्थ बढी मात्रामा खानुपर्छ । एक्कासी गर्मीबाट चिसोमा र चिसोबाट गर्मीमा जानु हुँदैन । जाडोको समयमा बालबालिका तथा वृद्धवृद्धाहरुको स्वास्थ्यमा विषेश ध्यान दिन चिकित्सकले सुझाब दिएका छन् ।

Hot Topics

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

Related Articles