Thursday, June 8, 2023

सिन्धुलीमा लागुऔषध सहित एक पक्राउ

सिन्धुली- जिल्ला प्रहरी कार्यालय सिन्धुलीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । विहिबार विपि राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका ९ चुरेमा चेकजाच गर्ने क्रममा मोटसाइकलको डिकिमा लुकाइछुपाइ ल्याउँदै गरेको लागुऔषध सहित ३४ वर्षिय युवकलाई पक्राउ गरिएको हो ।

बर्दिबासबाट भिमान तर्फ आउँदै BR30X 3548 भारतीय नंम्बरको  TVSअपाचे १६० सि.सि.को मोटसाइकलमा सर्लाही त्रिभुवन नगर नगरपालिका वडा नं. २ स्थायी घर भई हाल महोत्तरी गौशला नगरपालिका वडा नं. ८ का ३४वर्षिय शंकर साह कलवारले मोटसाइकलको डिकिमा लुकाइछिपाइ ल्याएको NITRAZEPAM सानो ठुलो गरी जम्मा ३८ पत्तामा ६०० ( छ सय ) पिस ट्याबलेट फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक हरि कृष्ण केसिले बताउनुभयो । उक्त लागुऔषध, मोटसाइकल सहित कलवारलाई पक्राउ गरि अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...