Thursday, February 2, 2023

सिन्धुलीमा लागुऔषध सहित ५ जना पक्राउ

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

हरिहरपुरगढीमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले वडा कार्यालबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । विहिबार गाउँपालिकाले वडा नम्बर १ को कार्यालयबाट...

सिद्धेश्वर खानेपानीका उम्मेदवार उपभोक्ताको घरमा भोट माग्दै

सिन्धुली- सिद्धेश्वर खानेपानी निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार भोट माग्न उपभोक्ताको घर धाउन थालेका छन् । आफ्नो पक्षमा जित हात पार्नका लागि...

सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले लागुऔषध सहित ५ जनालाई पक्राउ गरेको छ । विभिन्न ठाउँबाट लागु औषध सहित पाँच जनालाई पक्राउ गरेको हो ।

गत पुष ११ गते गोलन्जोर गाउँपालिका ७ स्थित इलाका प्रहरी कार्यालय खुर्कोटको प्रहरी चेक पोष्ट स्थित बि.पि.राजमार्गमा चेकजाँच गर्ने क्रममा सिन्धुलीबाट खुर्कोटतर्फ जांदै गरेको BAGMATI AAA 6809 नम्बरको पल्सर मोटसाइकलमा लागुपदार्थ फेला पारिएको थियो । मोटसाइकल पछाडि सवार सर्लाही हरिवन नगरपालिका १० का ३३ वषिय पुर्ण बहादुर घिमिरेले हातमा बोकी ल्याएको ँबलतब को वोतलमा १ लिटर लागु पदार्थ जस्तो देखिने झोल पदार्थ फेला परेको प्रहरीले जनाएको छ । मोटसाइकल चालक भने फरार रहेका छन् । पछाडि सवार घिमिरेलाई नियन्त्रणमा लिइ चालकको खोजि भइरहेको छ । घिमिरेलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक हरि कृष्ण केसिले बताउनुभयो ।

यस्तै, पुष १७ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको टोलीले कमलामाई नगरपालिका ६ बसपार्कमा चेकजाँच गर्नेक्रममा एक मोटसाइकलमा लागुऔषध फेला पारेको थियो । ज. ६.प. १४ नम्बरको १५० सि.सि को ाश मोटसाइकल चालक रामेछाप खाँडादेवी गाउँपालिका ९ घर भई हाल कमलामाई नगरपालिका ४ ढुंङ्ग्रेबासमा डेरा गरि बस्ने २६ वर्षिय बद्री नेपालीको साथबाट बेचबिखन गर्ने मनसायले बोकी हिंडेको ७८ ग्राम २०० मिलिग्राम लागु औषध गांजा फेला पारी नियन्त्रणमा लिएको प्रनाउ केसिले बताउनुभयो । उहाँका अनुसार थप अनुसन्धानको लागि नेपालीको घर खानतलासी गर्दा पुन ६१ ग्राम लागुऔषध गाँजा गरी जम्मा १३९ ग्राम २०० मिलिग्राम फेला परेको थियो । नेपालीलार्ई गांजा सहित मोटसाइकल समेत नियन्त्रणमा लिई जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।

सोहि दिन सुनकोशी गाउँपालिका वडा नं ६ कानढुग्रे स्थित वि.पि राजमार्गमा प्रहरी चेकिङ टोलीले धनुषाबाट काठमाण्डौ तर्फ आउदै गरेको धनुषा मिथिला नगरपालिका वडा नं ९ वस्ने वर्ष २२ को धिरज ठाकुरले चलाई ल्याएको प्रदेश ३ – ०२–०११ प ८८८६ नम्बरको मोटरसाईल रोकी चेकजाँच गर्दा सोही मोटसाइकल पछाडी सवार जिल्ला धनुषा मिथिला नगरपालिका वडा नं ९ वस्ने वर्ष २६ को श्रवण साहले लगाएको ज्याकेटको दायाँ खल्तीबाट औषधि जन्य लागु औषध जस्तो देखिने ऋयमभष्लभ उजयकउजबतभ Codeine phosphate -Exiplon_लेखिएको १००ML को ४ बोतल जम्मा ४०ML,Nitrazepam -Nitra vet_ लेखिएको ३ पत्तामा जम्मा ४४ ट्याप्लेट, क्उबकmय–उचयहथखयल उगिक लेखिएको २ पत्तामा १४ ट्याप्लेट फेला पारेको प्रहरीले जनाएको छ । मोटसाइकल सहित दुबै जनालाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको छ।

पुष १८ गते कमलामाई नगरपालिका ९ भिमान प्रहरी चेकपोष्टमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बर्दिबास बाट काठमाण्डौ तर्फ जाँदै गरेको महोत्तरी गौशला नगरपालिका १२ का ४० वर्षिय कैलाश कुमार बि.क.ले चलाई ल्याएको ना. १. ज. ६८१५ न.को सुमोमा सवार जिल्ला महोत्तरी बर्दिबास नगरपालिका ४ का १९ वर्षिय जय कुमार कार्कीले बोकी ल्याएको खैरो रंगको लेदरको झोला भित्र लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा नियन्त्रितNITRAZEPAM (१ पत्तामा ३० पिसको दरले १० पत्तामा ३०० पिस ट्याब्लेट ) हुनुपर्नेमा २ पत्ताको ९ पिस ट्याब्लेट निकालिएको अबस्थामा जम्मा २९१ पिस ट्याब्लेट लागु औषध फेला पारेको प्रहरीले जनाएको छ । लागुऔषध सहित कार्कीलाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको छ ।

सोहि दिन इलाका प्र्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी अधिकृतको कमाण्डमा खटिएको प्रहरी टोलीले मरिण गाउँपालिका १ आलेडांडामा अबैध रुपमा लगाईएको अन्दाजी ६ कठ्ठाको गांजाको बोटहरू फडानी तथा नष्ट गरेको छ ।

Hot Topics

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

Related Articles