Monday, December 4, 2023

सुनकोशीमा मल नपाएपछि किसानले गरे गाउँपालिकाको कार्यालय घेराउ

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका व्यक्तिलाई बसले किच्यो

काठमाडौं— सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन...

काठमाण्डौमा आज यो वर्षको अहिलेसम्मकै चिसो

काठमाण्डौ – काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ...

सिन्धुली–सुनकोशी गाउँपालिकाका किसानले मल नपाएपछि गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् । सोमबार सुनकोशी गाउँपालिका वडा नम्बर ३ र ४ का किसानले मल नपाएपछि गाउँपालिका घेराउ गरेका हुन् ।

गाउँपालिकाको सहकारीमा आएको मल पहुँच हुनेले मात्रै पाएको कारण विरोध गर्दै किसानहरु गाउँपालिका आएको प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको सिफारिमा सहकारीले मल प्राप्त गरेका थिए ।

सुनकोशी गाउँपालिकामा संचालित कृषि सहकारीहरुले पहुँच हुनेलाई मात्र मल वितरण गरेको किसानको गुनासो छ ।

सुनकोशी गाउँपालिका वडा नम्बर ३ मा रहेको नमुना कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बहुउद्देश्यीय कृषक सहकारी संस्था लिमिटेड र कृष्ण कृषि सहकारी संस्था लिमिटेडले पहुँच हुनेलाई मात्र मल वितरण गरेको किसानको आरोप छ ।

यस्तै, सुनकोशी गाउँपालिका ३ मा रहेको सितलपाटी दुग्ध उत्पादन कृषि सहकारी संस्था लिमिटेड वडा नम्बर ५ मा रहेको मुकुटेश्वरी बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेड वडा नम्बर १ को जनसरोकार बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेड र कुशेश्वर टोपा भगवती कृषि सहकारी संस्था लिमिटेड, वडा नम्बर ७ को गौरीशंकर जुनार उत्पादन कृषि सहकारी संस्था र सल्लेरी कृषि सहकारी संस्था लिमिटेड, वडा नम्बर २ को जनचेतना कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, वडा नम्बर ६ को गणेश कृषि सहकारी संस्था लिमिटेड, महाकाली कृषि सहकारी संस्था लि. र वडा नम्बर ४ को शिद्दबाबा कृषि सहकारी संस्था लिमिटेडले पहुँच हुनेलाई मात्र मल वितरण गरेको किसानको आरोप छ । गाउँपालिकामा जम्मा १ हजार बोरा युरिया र ७ सय ५० बोरा डिएपि मल आएको थियो ।

सुनकोशी गाउँपालिकाले मल वितरण तथा व्यवस्थापन समितिले कोटा छुट्याई सिफारीस गरेको रासायनिक मल कृषकहरुमा नपुगी सहकारीका सदस्यहरुले वाँडफाँड गरेको, कालोबजारी गरेको तथा एकै सदस्यले धेरै ठाउँबाट मल लिई दुरदराजका कृषकहरुले मल नपाएको गुनासो आएकोले प्राप्त कोटा अनुसारको रासायनिक मल वितरण गरेको विवरण ३ दिन भित्र यस कार्यालयमा बुझाउन सम्पूर्ण सहकारीलाई निर्देशन दिएको छ ।

हरेक वर्ष मुख्य बालीका सिजनमा रासायनिक मलका निम्ति हारगुहार गर्नुपर्ने किसानको गुनासो छ । मुख्यतया मकै, धान, गहुँका अतिरिक्त तेलहनमा रासायनिक मलको बढी प्रयोग हुन्छ ।

Hot Topics

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

Related Articles