Friday, December 1, 2023

बैदेशिक रोजगारीले बढायो सम्बन्ध विच्छेद

भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी खटाइने

काठमाण्डौ – सरकारले जाजरकोट भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी खटाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले...

केपी ओली कपमा काेशीकाे सान्त्वना जित

काठमाण्डाै – केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा काेशी प्रदेशले सान्त्वना जित निकालेकाे छ । आज बुधवार पाेखरा रङ्गशालमा भएकाे समूह 'डी'...

इजरायल र हमास समूहबीच थपिएको युद्धविराममासमेत विपिनको रिहाइबारे अन्योल

काठमाण्डौ – इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच थपिएको युद्धविराम आज सकिँदैछ । त्यसअघि दुई पक्षले युद्धविराम विस्तारको प्रयाससहित थप केही व्यक्ति...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको...

वैदेशिक रोजगार सन्तति छात्रवृत्ति कार्यक्रमका लागि निवेदन माग

काठमाण्डाै - वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा गइ ज्यान गुमाएका तथा पूर्ण अशक्त भएका व्यक्तिका सन्तानहरुलाई छात्रवृत्तिको लागि निवेदन माग गरेको छ ।...

पाँच वर्ष अगाडि सँगै मर्ने सँगै बाँच्ने कसम खाएर विवाह बन्धनमा बाँधिएका कमलामाई नगरपालिकाकी देवकी र सन्तोषको (नाम परिर्वतन) सम्बन्ध ३ वर्ष पनि टिकेन । विवाह भएको ३ महिना मै सन्तोष पत्नी र घरपरिवारलाई खुसि दिने अभिलाषा बोकेर वैदेशिक रोजगारीका लागि कतार गए । बैदेशिक रोजगारीमा गएका सन्तोषको पत्निसँग खासै कुरा हुन्थेन । आफुले पत्नीसँग कुरा गर्न इच्छा गरेपनि पत्नीले विभिन्न बहाना बनाएर कुरा गर्न मन नगरेको सन्तोष बताउँनुहुन्छ । “म विदेशमा हुदाँ कहिले पनि पत्नी म सँग नरिसाइ बोलिन, मैले फोन गर्दा रिसाउने, बेस्त छु भन्थिइन ।” उहाँले भन्नुभयो ।

सन्तोष दुइ वर्ष नवित्दै बैदेशिक रोजगारीबाट घर फर्किए । तर उहाँले पत्नी देबकीबाट पहिलेको जस्तो माया पाउनुभएन् । विदेशबाट फर्किएको केही दिन राम्रै सम्बन्ध रहे पनि आफू विदेशमा हुँदा पत्नीले परपुरुषसँग सम्बन्ध राख्ने गरेको गाइँगुइँ चलेपछि उनीहरूबीच सुरु भएको खटपट बोलचाल बन्द हुने स्थितिमा पुग्यो ।

सासुससुराले पनि देवकीलाई नराम्रो व्यवहार गर्न थाले । दिनहुँ पतिको कुटाइले थकित बनेपछि उहाँले सम्बन्ध विच्छेदका लागि निवेदन दिनुभयो । अन्ततः जिल्ला अदालतमा उनीहरूको सम्बन्ध विच्छेद भयो । सम्बध विच्छेदपछि सन्तोष कतारमा नै नै छन् भने देवकी काठमाडौँ ।

वैदेशिक रोजगारीले पति–पत्नीबीचको सम्बन्धमा प्रतिकूल प्रभाव पारेको उदाहरण सिन्धुलीमा थुप्रै भेटिन्छन् । घरपरिवारलाई सुख दिने सपना बुनेर विदेश गएकाहरूलाई यस्ता घटनाले निरास बनाउने गरेको छ । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा जिल्ला अदालत सिन्धुलीमा १ सय ३८ वटा सम्बन्ध विच्छेदको मुद्धा परेका छन् । मुद्दा दायर गर्ने अधिकांश पुरुष वैदेशिक रोजगारीबाट फर्किएकाहरू रहेको कार्यालयले जानकारी दिएको छ । सम्बन्ध विच्छेदका घटना अस्वाभाविक वृद्धि त छँदै छ, यसका कारण पनि सामान्य मात्र छैनन् । आर्थिक, घरेलु हिसां र पे्रम विवाह मात्र नभई वैदेशिक रोजगारीले परिवारसँग छुट्टिएर बस्नुपर्दा पनि सम्बन्ध विच्छेदका घटना धेरै भइरहेका छन् ।

पत्नीले घरव्यवहार चलाउन नसकेको, आफू वैदेशिक रोजगारीमा रहँदा धनसम्पत्ति हिनामिना गरेको, परपुरुषसँग सम्बन्ध जोडेको जस्ता आरोपसहित सम्बन्ध विच्छेदका मुद्दा लिएर अदालत जानेहरूको संख्या धेरै रहेको छ । सिन्धुली अदालतमा सबैभन्दा धेरै मुद्दा नै सम्बन्ध विच्छेदको पर्ने गरेको जिल्ला अदालतले जनाएको छ । पछिल्ला केही वर्षयता जिल्लामा सम्बन्ध विच्छेद गर्ने दम्पत्तीको संख्या बढ्दै गएको छ । दैनिकजसो सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने गरेको जिल्ला अदालत सिन्धुलीका स्रेस्तेदार भरत दाहालले बताउनुभयो । विवाहित पुरुष वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै पति–पत्नीको सम्बन्धमा समेत नकारात्मक प्रभाव पर्ने गरेको छ, जुन अन्ततः सम्बन्ध विच्छेदमै पुगेर टुंगिने गरेको छ । वैदेशिक रोजगारी र कम उमेरमा विवाहका कारण सम्बन्ध विच्छेदको घटनामा तीव्र वृद्धि भएको स्रेस्तेदार दाहालले बताउनुभयो । “पति–पत्नीबीचका अधिकांश सम्बन्ध विच्छेद वैदेशिक रोजगारका कारण नै हुने गरेको पाइन्छ,” उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा दुईतीन वर्ष बिताएर घर फर्किएपछि पति–पत्नीको सम्बन्धमा फाटो आउने गरेका कारण सम्बन्ध विच्छेद गर्ने चलन बढ्दो छ ।” वैदेशिक रोजगारीमा दुईतीन वर्ष बिताएर घर फर्कने पुरुषले पत्नीको आचरणमाथि शंका गर्नु, पति विदेशमै रहेका बेला परपुरुषसँग पत्नीको सम्बन्ध जोडिनुजस्ता कारणले जिल्लामा सम्बन्धविच्छेद गर्ने दम्पतीको संख्या दिनप्रतिदिन बढ्दै गएको अधिकारकर्मीहरूको भनाइ छ।

Hot Topics

भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी खटाइने

काठमाण्डौ – सरकारले जाजरकोट भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी खटाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले...

केपी ओली कपमा काेशीकाे सान्त्वना जित

काठमाण्डाै – केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा काेशी प्रदेशले सान्त्वना जित निकालेकाे छ । आज बुधवार पाेखरा रङ्गशालमा भएकाे समूह 'डी'...

इजरायल र हमास समूहबीच थपिएको युद्धविराममासमेत विपिनको रिहाइबारे अन्योल

काठमाण्डौ – इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच थपिएको युद्धविराम आज सकिँदैछ । त्यसअघि दुई पक्षले युद्धविराम विस्तारको प्रयाससहित थप केही व्यक्ति...

Related Articles