Thursday, June 8, 2023

सिन्धुलीमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सन्चालन हुने

सिन्धुली – सिन्धुलीमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सन्चालन हुने भएको छ । जिल्लामा यहि पुष २८ गते भित्र राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न गर्नुपर्ने भएको हो ।

पुष २८ गते भित्र राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न गरि सम्पुर्ण विधामा प्रथम हुने खेलाडिहरुको नामावली यस सिन्धुली जिल्ला खेलकुद विकास समितिमा पठाईदिनहुन हार्दिक अनुरोध गरिएको छ ।

“नेपाल सरकार युवां तथा खेलकुद मन्त्रालय र प्रदेश खेलकुद परिषद, बाग्मती प्रदेशको स्वीकृत कार्यक्रम एवँ निर्णय वमोजिम प्रदेश स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताका लागी जिल्ला स्तरीय प्रतियोगिता सँचालन गर्नको लागी सबै स्थानिय तहहरुले स्थानिय तह स्तरको राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न गरि छनौट भएका खेलाडिहरु सहभागी गराउनुपर्ने भएकोले हुँदा मिति २०७९-९-२८ गते भित्र राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न गरि सम्पुर्ण विधामा प्रथम हुने खेलाडिहरुको नामावली यस सिन्धुली जिल्ला खेलकुद विकास समितिमा पठाईदिनहुन हार्दिक अनुरोध छ ।” सुचनामा भनिएको छ । राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा एथलेटिक्स, भलिवल, तेक्वान्दो, कराते, कवड्डी, उसु खेल हुनेछन् ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...