Monday, June 5, 2023

दुधौलीको शिवशक्ति आधारभुत विद्यालयको भवन उद्घाटन

सिन्धुली- सिन्धुलीको दुधौली नगरपालिका ६ स्थित श्री शिवशक्ती आधारभुत बिद्यालय ढाडानीको नवनिर्मीत ४ कोठे भवनको बुधबार उद्धघाटन गरिएको छ । सिन्धुली क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य श्याम कुमार घिमिरेले उद्घाटन गर्नुभएको हो ।

भवन २ तलाको ४ कोठे बालमैत्री तथा आपाङ्गमैत्री निर्माण भएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ दुधौली नगरपालिकाका नगर प्रमुख दिनेश अधिकारीले दुधौली नगरपालिकामा ७९ वटा बिद्यालय रहेको र सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधारको गर्न लागिपर्ने बताउनुभयो । साथै बालबालिकाहरुको चाहना अनुरुप स्थानीय तहले पहल कदमी गर्ने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...