Monday, June 5, 2023

सिन्धुलीमा चार महिनाको अवधिमा ९ वटा बलात्कारको घटना

सिन्धुली- सिन्धुलीमा ४ महिनाको अवधिमा ९ जना महिला तथा बालिका बलात्कृत भएका छन् । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा जिल्लामा ८ जना महिला तथा बालिका बलात्कृत भएका हुन् । सो अवधिमा ३ जनामा बलात्कारको प्रयास भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्क अनुसार ६ वटा बलात्कारका घटना घटेको छ । अपहरण तथा शरिर बन्धक बनाइ बलात्कार एक, हाडनाता जवरजस्तिकरणीको एउटा र बैवाहिक करणीको एउटा घटना घटेको छ ।

बढी आफन्त र चिनेजानेको व्यक्तिबाट महिला तथा बालिका बलात्कृत हुने गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक हरिकृष्ण क्षेत्रीले बताउनुभयो । “धेरै जसो आफन्त र चिनेजानेको व्यक्तिबाट महिला तथा बालिका बलात्कृत भएका छन् । चिनेजानेको भएकाले विश्वास गर्छन् । त्यहि विश्वासको कारण पनि बढी यस्तो घटना घटिरहेको छ ।” उहाँले भन्नुभयो । नागरिकमा चेतनाको विकास भएको कारण बलात्कारको घटना बाहिर आउन थालेको उहाँले बताउनुभयो । उहाँका अनुसार यो वर्ष जिल्लामा बलात्कारको घटना बढेको छ ।

नेपालमा बलात्कार तथा यौन जन्य अपराधका संबन्धमा विभिन्न कानुनी व्यवस्था छ । मुलुकी अपराध संहिता २०७४ मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा वालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ ।बैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जवरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...