Monday, December 4, 2023

सिन्धुलीको एक मन्दिरमा चोरी, एक महिनासम्म खै प्रहरी ?

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

सिन्धुली- सिन्धुलीको प्रसिद्ध धर्मिक स्थल आदिलिङ्ग कुशेश्वर महादेव मन्दिरमा दानपेटी चोरी भएको एक महिना वित्दासमेत प्रहरीले अनुसन्धानमा खासै चासो देखाएको छैन । सुनकोशी गाउँपालिका १ मा रहेको आदिलिङ्ग कुशेश्वर महादेव मन्दिरमा पटकपटक दानपेटिका चोरीका घटना हुँदैआएको भए पनि दोषीको पहिचानमा हुन नसकेको सुनकोशी गाउँपालिका १ का पुर्व वडा अध्यक्ष रामकुमार श्रेष्ठले बताउनुभयो । झण्डै गत दुइ–तीन वर्ष देखि मन्दिरमा दानपेटी र मन्दिरभित्रका सामाग्री हराउदै आएको उहाँ बताउनुहुन्छ । “पहिले दुइ तिन वर्ष देखि मन्दिरमा दानपेटि र त्यहाँका मूर्तिहरु हराउँदै आएको थियो । प्रहरी प्रशासनले पनि यस विषयमा चासो देखाएको देख्दिन ।” उहाँले भन्नुभयो । आफ्नो कार्यकालमा मन्दिरमा साउन महिनाको दानपेटि १६ लाख भन्दा बढी संकलन गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार मन्दिरमा हाल मासिक १ देखि २ लाख दानपेटि संकलन हुनेगरेको छ ।

सो मन्दिरबाट पटकपटक गरी लक्ष्मी, सरस्वतीको मूर्ति, गौरीशंङ्ख, एकमुखे रुद्राक्ष, शालीग्रामजस्ता बहुमूल्य वस्तुसमेत हराइसकेको स्थानियले जानकारी दिएका छन् ।

मन्दिरमा पटकपटक चोरी भएपछि सुनकोशी गाउँपालिकाले मन्दिर परिषरमा सुरक्षाका लागि सीसीटिभी क्यामेराको समेत व्यवस्था गरेको थियो । दानपेटी चोरी घटनाको सीसीटिभी फुटेजसमेत सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती हुँदासमेत सुरक्षा निकायले चोरी पत्ता नलगाउनु अर्को आश्चर्यको विषय भएको भन्दै पानीपोखरी युवा क्लवले प्रश्न उठाएको छ । एक महिनासम्म चोरीमा संलग्नहरु पहिचान गर्न नसकेको भन्दै युवा क्लवले विज्ञप्ति जारी गरी चिन्ता प्रकट गरेको छ ।

भक्तजनले मन्दिरमा चढाएको करिव छ महिनाको दान हराउँदासमेत कुशेश्वर महादेवस्थान संरक्षण समितिले खोजीका लागि खासै चासो नदिएको बताइन्छ । सुनकोशी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष रामकुमार श्रेष्ठले मन्दिरको दानपेटी चोरी भएको घटनासँग सम्बन्धित सीसीटिभी फुटेजसहित इलाका प्रहरी कार्यालय खुर्कोटमा उजुरी दर्ता गरेको जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय खुर्कोटले सो घटनाको छानविन हुँदै गरेको बताएको छ ।

सुनकोशी गाउँपालिका–१ स्थित पौराणिक, ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेको आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको दानपेटिका मिति २०७९ कात्तिक २१ गते सोमबार राती चोरी भएको जनाइएको छ । पानीपोखरी युवा क्लवका अध्यक्ष रोशन तोलंगेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सो घटनाको सिसिटिभी फुटेज समेत सार्वजनिक भएको छ । सो सिसिटिभी फुटेजमा निलो हुड्डी लगाएको युवकले दानपेटिका निकाली लिएर हिँडेको प्रष्ट देखिन्छ । यस्तो स्पष्ट प्रमाण हुँदाहुँदै पनि चोरी घटनाको छानबिनमा ढिलासुस्ति हुनु थप आश्चर्यको विषय बनेको छ ।” विज्ञप्तिमा भनिएको छ, “घटनाको छानबिन नगर्दा अपराधिक मनोवृत्ति बढ्दै जाने र पछि पनि यस्तै घटना दोहोरिरहन सक्ने र यस्ता घटना मन्दिर हुँदै घरघरमा पुग्न सक्ने कुरामा सुरक्षा निकायलाई पनि सचेत हुन आग्रह गर्दछौंैं ।” चोरी घटना तथा मन्दिरको सम्पत्ति र सम्पदा संरक्षणका लागि दबाब सिर्जना र सहयोगमा जुट्न समेत युवा क्लबले स्थानीय समुदायसँग आग्रह गरेको छ ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles