Thursday, February 2, 2023

सिन्धुलीको आन्तरिक विमानस्थल निर्माणको काम सुस्त

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

हरिहरपुरगढीमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले वडा कार्यालबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । विहिबार गाउँपालिकाले वडा नम्बर १ को कार्यालयबाट...

सिद्धेश्वर खानेपानीका उम्मेदवार उपभोक्ताको घरमा भोट माग्दै

सिन्धुली- सिद्धेश्वर खानेपानी निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार भोट माग्न उपभोक्ताको घर धाउन थालेका छन् । आफ्नो पक्षमा जित हात पार्नका लागि...

सिन्धुली – सरकारले सिन्धुलीमा आन्तरिक विमानस्थल निर्माण गर्नका लागि पहिलो चरणको सम्भाव्यत्ता अध्ययन पूरा गरिएको छ । तर अन्य काम भने संचालन हुन सकेको छैन । स्थानीयबासीले माग गरेको करिब एक दशकपछि सिन्धुलीमा विमानस्थल निर्माणका लागि सम्भाव्यत्ता अध्ययन गरिएको थियो । कमलामाई नगरपालिका–१० को कल्याणी मन्दिर नजिकै कमलानदीको बगरमा विमानस्थाल निर्माणका लागि नियामक निकाय नेपाल नागरिक उड्ययन प्राधिकरणले सम्भाव्यत्ता अध्ययन गरेको थियो ।

नेपाल नागरिक उडड्यन प्राधिकरणले आर्थिक वर्ष २०७७ -०७८ को बजेटमा विमानस्थल निर्माणस्थलको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) का लागि बजेट व्यवस्था गरेको थियो । केही काम गरे पनि विमानस्थालको डिपिआर लगायतका आवश्यक कामहरु भने संचालन गर्न सकिएको छैन । विमानस्थल निर्माणका लागि प्राधिकरणले गरेको विस्तृत अध्ययनमा सिन्धुलीको भीमानमा विमानस्थल निर्माण गर्ने निणर्य गरेको हो । ३- ४ वर्ष बितिसक्दा समेत विमानस्थल निर्माणको कुनै काम अगाडि बढाउन सकेको छैन ।

निर्माण हुने विमानस्थल सिन्धुलीमाढीबाट १२ किलोमिटर तथा भिमान बजारबाट ६ किलोमिटर दूरीकोबीचमा वीपी राजमार्गसँग जोडिएको छ । महेन्द्र राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासबाट वीपी राजमार्ग हुँदै २५ किलोमिटर दूरीमा सिन्धुली विमानस्थलमा आउन सकिन्छ । मध्यपहाडी लोकमार्ग तथा वीपी राजमार्ग हुँदै ३२ किलोमिटरको दूरीमा रामेछापबाट पुगिने छ ।

प्रस्तावित सिन्धुली विमानस्थलबाट सिमरा विमान स्थलसम्म ९५ किलोमिटर, काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ८५ किलोमिटर र लुक्ला विमानस्थल ९९ किलोमिटर दूरीमा पर्दछ । सिन्धुली हुँदै राजधानी काठमाडौं तथा मध्य तराईका साथै पूर्वी र मध्य पहाडी जिल्ला जोड्ने ठूला राजमार्ग निर्माण भएपछि जिल्लामा स्थानीयले विमानस्थल निर्माण गर्नुपर्ने माग गर्दै आएका थिए ।

Hot Topics

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

Related Articles