Tuesday, December 5, 2023

सिन्धुली महोत्सवमा स्थानिय व्यापारीलाई प्राथमिकता

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

सिन्धुली – छैटौँ सिन्धुली महोत्सवमा स्थानिय उत्पादनलाई निशुल्क प्रदर्शन गर्न दिइने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य संघ सिन्धुलीले पुरस्कार सहित स्थानिय उत्पादनलाई निशुल्क प्रदर्शन गर्न दिने बताएको हो । महोत्सवमा स्थानिय व्यापारीलाई समेत प्राथमिकता दिइने छ । “कृषि, उद्योग, पर्यटन र व्यवसायमा लगानी अभिबृद्धि गरौँ, सम्बृद्धि र समुन्नती सिन्धुली निर्माणका लागि अघि बढौँ” भन्ने मुल नाराको साथ सुरु हुन लागेको सिन्धुली महोत्सव पौष ८ गते देखि १८ गते सम्म चल्ने छ । महोत्सव सिन्धुलीको सदरमुकाम स्थित लोकतान्त्रिक चौरमा हुने छ ।

जिल्लामा व्यवसायिक प्रर्वद्धन गर्न, लगानी मैत्री वातावरणको श्रृजना गर्न, धामिर्क तथा पर्यटकिय प्रवद्र्धन र आधुनिक दमकल खरिद गर्ने उदेश्य अनुसार महोत्सव आयोजन ागर्न लागेको उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष तथा सिन्धुली महोत्सव २०७९ का संयोजक अर्जुन कुमार श्रेष्ठले बताउनुभयो । सिन्धुली उद्योग वाणिज्य संघ र कमलामाई नगरपालिकाको आयोजनामा हुने महोत्सवको सहआयोजक जिल्लाका आठ वटौ पालिका र सहयोगी नेपाल उद्योग वाणिज्य महासंघ रहेको छ ।

महोत्वसको आकर्षण स्थानिय उत्पादन तथा बाह्य सामाग्री, व्यापार मेला, धार्मिक तथा ऐतिहासिक स्थल, खेल तथा मनोरन्जन मेला रहने छ । साथै जिल्लाका जातिय विविधताको प्रर्दशनी समेत हुनेछ । महोत्सव अवधिभर विविध सांस्कृति कार्यक्रमको प्रदर्शन, राष्ट्रिय ख्याति प्राप्त कलाकारको प्रस्तुती, अन्तर विद्यालय, क्लब, समुह नृत्य प्रतियोगिता तथा पुरस्कार, विभिन्न मनोरजंनात्क खेल, पिङ लगाएत हुनेछ ।

महोत्वसमा कृषिमा धारित वस्तुहरु, हस्तकला, धरेलु उद्यमी सामाग्री तथा दैनिक उपभोग्य सामाग्री, अटोमोबाइल, विभिन्न यान्त्रीकरण उपकरणहरुको प्रदर्शनी, सुचना तथा इलोक्टोनिक्स प्रदर्शन, जडिवुटी तथा बनपैदावार प्रदर्शनी, व्यापारिक प्रयोजन बस्तु तथा सेवाहरु, रेष्टिुरेण्ट तथा होटल र जातिय तथा परम्परा खाना विक्रि, सेवा व्यवसाय, सरकारी कार्यालय, शैक्षिक, वित्तिय संस्था एवम अन्य संघ संस्थाहरुका सामाग्री प्रर्दशनी गरिनेछ । महोत्समा ३ सय ओटा स्टलहरु रहनेछ ।

टिकत शुल्क प्रतिव्यक्ति ६० रुपैया, विद्यार्थी क महिलाको परिचयपत्र भएमा ४० रुपैया र पुर्ण अपाङग र जेष्ठ नागरिकका लागि परिचयपत्रका साथमा आएमा निशुल्क हुनेछ । महोत्सवमा प्रत्यक्ष र अप्रत्यक्ष गरि करिब ७ लाख नागरिकले अवलोक गर्ने अनुमान गरिएको छ ।

यस्तै, जिल्लाका नौ वटै स्थानिय तहहरु, बाल उद्यान, स्टल, टिकट, स्थानिय पास, कार्यालय तथा संस्थाहरुबाट कुल १ करोड ८० लाख ८५ हजार रुपैयाँ आम्दानी हुने र महोत्सव संचालनका लागि कुल ९० लाख ८५ हजार खर्च हुने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । महोत्सवका सबै खर्च कटाएर ९० लाख रुपँयौ आम्दानी हुने अध्यक्ष श्रेष्ठको भनाइ रहेको छ । यदी स्थानिय तहहरुले सहयोग नगरेमा पनि महोत्सवबाट १५ लाख रुपँयौ बचत हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles