Thursday, February 2, 2023

सिन्धुलीगढीमा ७५ हजार राजस्व संकलन

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

हरिहरपुरगढीमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले वडा कार्यालबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । विहिबार गाउँपालिकाले वडा नम्बर १ को कार्यालयबाट...

सिद्धेश्वर खानेपानीका उम्मेदवार उपभोक्ताको घरमा भोट माग्दै

सिन्धुली- सिद्धेश्वर खानेपानी निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार भोट माग्न उपभोक्ताको घर धाउन थालेका छन् । आफ्नो पक्षमा जित हात पार्नका लागि...

सिन्धुली- सिन्धुलीगढीमा साढे एक लाख भन्दा बढी पर्यटक भित्रिएका छन् । १७ महिनाको अवधिमा १ लाख ५० हजार बढी पर्यटकले सिन्धुलीगढी अवलोकन गरेका हुन् । सिन्धुलीगढीमा युद्ध संग्राहलय निर्माण भएसँगै पर्यटक बढेको युद्ध संग्रालय प्रशासन प्रमुख रविन योन्जनले बताउनुभयो । उहाँका अनुसार गढीमा दैनिक २ सय देखि ३ सय पर्यटक आउने गरेका छन् । ५० हजार भन्दा बढी विदेशी पर्यटक भित्रिएको योन्जनले बताउनुभयो । “पचास हजार भन्दा बढी विदेशी पर्यटक आएका छन् । भारत, जापान लगाएतका देशबाट युद्ध संग्राहलय र सिन्धुलीगढी अवलोकन गर्न आउने गर्दछन् ।” उहाँले भन्नुभयो । विपि राजमार्ग नजिक भएकाले पनि सिन्धुलीगढीमा पर्यटक बढेका छन् । राजमार्ग हुदै आवतजावत गर्ने नागरिकले गढी अवलोकन गर्ने गरेको योन्जनले बताउनुभयो । साथै विभिन्न विद्यालयबाट विद्यार्थीहरुलाई सिन्धुलीगढी अवलोकन गर्न ल्याउने गरेका छन् ।

नेपाललाई उपनिवेश बनाउन आएको इष्टइन्डिया कम्पनीका कप्तान किनलोकको अंग्रेज फौजलाई वीर गोर्खाली फौजले परास्त गरेको ऐतिहासिक सिन्धुलीगढी किल्लाको युद्ध संग्रहालयले पर्यटकहरूलाई मात्र नभएर अन्य इतिहासबारे जिज्ञासा राख्ने मानिसहरूलाई समेत अध्ययन अनुसन्धान गर्नको लागि महत्वपूर्ण स्थल भएको छ । वीरताको इतिहासका दस्तावेजहरूसहित निर्मित संग्रहालय इतिहासका सोधकर्ता, अध्येता, अनुसन्धानकर्ता, विद्यार्थी तथा पर्यटकहरूका लागि महत्वपूर्ण आकर्षण केन्द्र बनेको योन्जनले बताउनुभयो ।

१७ महिनाको अवधिमा ७५ लाख राजस्व संकलन भएको छ । युद्ध संग्राहलय अलोकन गर्नका लागि कमलामाई नगरपालिकाले पर्यटकलाई शुल्क तोकेको छ । कमलामाई नगरपालिकाका निर्वाचित जनप्रतिनिधि, ७० वर्ष माथिका जेष्ठ नागरिक, नागरिक बहालवाला नेपानी सेना, पत्रकार, कमलामाई नगरपालिकाका कर्मचारी, संग्रहालयलाई पुरातात्विक एवम् ऐतिहासिक बस्तु उपलब्ध गराउने व्यक्तिहरुले भने युद्ध संग्रहालय निशुल्क अवलोकन गर्न पाउने छन् ।

यस्तै चलचित्र लगायत अन्य व्यवसायिक रुपमा मनोरञ्जन दिने हेतुले निर्माण हुने चलचित्र छायाँक्ङ गर्नेलाई कमलामाईबाट स्वीकृत लिइ प्रति दिन ५ हजार तिर्नु पर्ने तोकिएको छ । विदेशी अवलोकन कर्तालाई प्रति व्यक्ति २ सय, स्वदेशी अवालेकन कर्ताहरुलाई प्रति व्यक्ति ५० रुपैया र विद्यार्थी,अनुसन्धानकर्ता, निलो र रातो अपाङ्गता परिचपयपत्र धारक र भुपु नेपाली सेनालाई प्रति व्यक्ति २५ रुपैया तोकिएको छ ।

गत जेष्ठ १३ गते बुधबार राष्ट्रपति विद्यादेवि भण्डारीले युद्ध संग्राहलयको उद्घाटन गर्नुभएको थियो । साढे चार करोड बढी लागतमा नेपाली सेनाले युद्ध सग्राहलय निर्माण गरेको हो । नेपाली सेनाको बर्दबहादुर गणले निर्माण व्यवस्थापनको जिम्मा लिएको युद्ध संग्रहालय सञ्चालनको जिम्मा भने कमलामाई नगरपालिकालाई दिइएको छ ।

सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्र, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, बेलायती योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको छ । संग्रहालयअगाडि सिन्धुलीगढी युद्धका योद्धाहरू वंशु गुरुङ, वंशराज पाण्डे, श्रीहर्ष पन्त र वीरभद्र उपाध्यायको संयुक्त सालिक निर्माण गरी प्रतिस्थापन गरिएको छ । सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको विसं २०७३ कात्तिक २४ गते शिलान्यास गरिएको थियो ।

असोज १८२४ मा सिन्धुलीगढीको युद्धमा काठमाडौं कब्जा गर्न इस्टइन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई वंशु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको थियो ।

Hot Topics

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

Related Articles