Tuesday, December 5, 2023

चार महिनामा सिन्धुलीमा सवारी दुर्घटना परि ३५ जना गम्भिर घाइते

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

सिन्धुली – सिन्धुलीमा सवारी दुर्घटनामा परि ३५ जना गम्भिर घाइते भएका छन् । चालु आर्थिक वर्षको चार महिनामा सवारी दुर्घटनामा परि ३५ जना गम्भिर घाइते भएका हुन् । घाइते हुनेमा अधिकाशं पुरुष रहेका छन् । साउनमा ७ जना पुरुष, भदौमा ५ पुरुष, ५ महिला, एक बालक, असोजमा ६ पुरुष एक बालिका, कार्तिमा ७ जना पुरुष, २ महिला र एक बालिका गम्भिर घाइते भएका हुन् ।

यस्तै,सवारी दुर्घटनामा ७ जनाको मुत्यृ भएको छ । चालु आर्थिक वर्षको ४ महिनामा सवारी दुर्घटनामा परि ७ जनाले ज्यान गुमाएका हुन् । मृत्यु हुनेमा एक महिला र बाकिँ सबै पुरुष रहेका छन् । भदौ महिनामा एक पुरुष, असोजमा २ पुरुष, एक महिला र कार्तिक महिनामा ३ जना पुरुषको सवारी दुर्घटनामा परि मृत्यु भएको छ ।

सवारी दुर्घटनामा परि १ सय १० जना सामान्य घाइते भएका छन् । साउन महिनामा १२ पुरुष, ६ महिला र १ बालक सवारी दुर्घटनामा परि घाइते भएका छन् । भदौँ महिनामा १४ पुरुष, ५ महिला, १ बालिका, असोजमा २४ पुरुष, ९ महिला, एक बालक र बालिका, कार्तिकमा १५ पुरुष, १२ महिला, ६ बालक र २ बालिका घाइते भएको ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको तथ्याङमा उल्लेख छ ।

चार महिनाको अवधिमा ७० वटा सवारी दुर्घटना भएको छ । असोज महिनामा सबै भन्दा बढी सवारी दुर्घटना भएको छ । असोज महिनामा मात्रै २४ वटा विभिन्न सवारी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । साउनमा ९, भदौमा १९ र कार्तिकमा १८ वटा सवारी दुर्घटनामा परेको छ । पछिल्लो समय सडक साँघुरो हुँदै जानु र सवारीको चाप बढ्दै जानुले पनि दुर्घटना बढाएको ट्राफिक प्रमुख जे जङ्ग कार्किले बताउनुभयो । तीव्र गतिमा मोटरसाइकल चलाउने युवा पुस्ता बढी भएकाले मोटरसाइकल बढी दुर्घटना हुने गरेको उहाँको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि विभिन्न जनचेतना मूलक कार्यक्रम साथै सवारी चेकजाँचमा कडाइ गरिएको उहाँले बताउनुभयो । कार्किका अनुसार जिल्ला हुदै र जिल्ला भित्र चल्ने सवारी साधनको चेकजाँचमा कडाइ गरिएको छ ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles