Sunday, May 28, 2023

घरखर्च जोहो गर्न बैदेशिक रोजगारीमा महिला

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सोलुखुम्बुकाे देउसामा एक महिलाको हत्या

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराति घरमै हत्या भएको जिल्ला...

सिन्धुली – कमलामाई नगरपालिका ४ कि ललिता आछामे घरखर्च धान्न कामका लागि खाडिमुलुक जानुभएको छ । गाउँमा आम्दानीको स्रोत नभएको भन्दै उहाँ रोजगारीका लागि खाडिमुलुक जानुभएको हो । ८ कक्षा सम्म पढ्नुभएको आछामे छोराछोरी पढाउन र घरखर्च धान्न नसकेपछि बैदेशिक रोजगारी रोजेको बताउनुहुन्छ । “खान लगाउनका लागि धौधौ हुन थाल्यो, छोराछोरी पढाउन पनि नसक्ने भएपछि मैले विदेश जाने निर्णय गरेको हुँ । घरमा श्रीमान पनि विरामी हुनुहन्छ ।” उहाँले भन्नुभयो । दुइ वर्षको छोरा छोडेर विदेशी आउन बाध्य भएको उहाँले गुनासो गर्नुभयो । “घरमा दुइ वर्षको छोरा छ । त्यसलाई छोडेर आए । के गर्नु यो मेरो बाध्यता हो । छोराछोरी पढाउनै प¥यो, खान लगाउन पनि दिनै प¥यो ।” उहाँले भन्नुभयो । ललिता अहिले लेवनानमा घरको काम गर्नुहुन्छ ।

सोहि ठाउँकी कल्पना विक पनि ३ वर्ष लेवनानमा काम गरेर फर्किनु भएको छ । घरको आर्थिक अवस्था कमजोर भएकाले कमाउनका लागि वैदेशि रोजगारीमा गएको उहाँले गुनासो गर्नुभयो । “घरमा भएका छोराछोरी पढाउने र खान लगाउनका लागि खर्च नभएपछि विदेश गएको हुँ । ३ वर्ष सम्म काम गरेर अहिले छुट्टि लिएर घर आएको छु । केहि दिन पछि फेरि फर्किने छु ।” उहाँले भन्नुभयो । आधारभूत तहको शिक्षा पूरा गर्नुभएको कल्पना गाउँमा रोजगारी नपाएपछि विदेश गएको बताउनुहुन्छ । “गाउँमै बस्न मन छ । तर रोजगारी पाइदैन, रोजगारी पाइहालेपनि पारिश्रमिक कम हुन्छ । यहाँ काम गरेर घरखर्च धान्न पनि मुस्किल हुन्छ ।” उहाँले भन्नुभयो, “विदेशमा जम्मा ४ घण्टा सुत्ने र अरु सबै समय काम गर्नुपर्छ । काम नगरौँ भने घरको अवस्था यस्तो छ ।” कल्पना पनि लेवनानमा घरको काम गर्नुहुन्छ ।

कमलामाई नगरपालिका ९ कि सावित्रा कार्कि पनि ४ वर्ष कुवेतमा काम गरेर फर्किनुभएको छ । श्रीमानले दैनिक रक्सी खाएपछि कुटपिट गर्ने गरेपछि बैदेशिक रोजगारीमा गएको उहाँ बताउनुहुन्छ । “मेरो विवाह भएको ८ वर्ष भयो । छोराछोरी हुन सकेन, त्यसपछि श्रीमानले सधैँ जाडँरक्सी खाएर कुटपिट गर्न थाल्नुभयो । केहि समय माइती आएर बसे, माइतीमा छिमेकिले कुरा काट्न थाले, त्यसपछि मैले विदेश जाने निर्णय गरे । पछिको लागि सम्पत्ति जोहो गर्नका लागि वैदेशिक रोजगारीमा गएको हुँ ।” उहाँले भन्नुभयो । सवित्राले पुर्न रोजगारीमा फर्किने तयारीमा हुनुहुन्छ ।

सिन्धुलीको ग्रामिण भेगका महिला घरको काम गर्ने भन्दै लेवनान, कुवेत, साउदीअरब, बहराइनलगायतका मुलुक जाने गरेका छन् । महिला मात्र होइन गाउँमा विदेशिने पुरुषको सङ्ख्या पनि बढी छ । गाउँमा आम्दानीको स्रोत नहुँदा र खान पुग्ने गरी उब्जाउ जमिन नहुँदा आफ्ना मानिसले विदेशिनुपरेको गाउँलेको दुःखेसो छ ।

Hot Topics

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

Related Articles