Monday, December 4, 2023

सिन्धुलीमा नियम विपरित चलेका सवारी कारबाहिबाट एक करोड बढी राजस्व संकलन

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

सिन्धुली -जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले एक करोड बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको चार महिना अवधिमा कार्यालयले एक करोड २२ लाख ५९ हजार ५ सय राजस्व संकलन गरेको हो । ट्राफिक नियम विपरित चलेका सवारी कारबाहिबाट उक्त राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख जे जङ्ग कार्किले बताउनुभयो । उहाँका अनुसार सबै भन्दा बढी राजस्व कार्तिक महिनामा संकलन भएको छ ।

कार्तिक महिनामा मात्रै ३५ लाख ८ हजार राजस्व संकलन भएको छ । सबै भन्दा कम राजस्व साउन महिनामा संकलन भएको छ । साउन महिनामा २४ लाख ३१ हजार राजस्व संकलन भएको छ । भदौँमा २९ लाख ३० हजार ५ सय र असोजमा ३० लाख ९० हजार राजस्व संकलन भएको छ ।

ट्राफिक नियम विपरित चलेका बस, ट्रक, जिपकार, अटो, मोटसाइकल लगाएतको कारबाहिबाट उक्त राजस्व संकलन भएको हो । ट्राफिक प्रहरी प्रमुख कार्किका अनुसार सवारीचालक अनुमतिपत्र नलिएका, साथमा आवश्यक कागजात नबोकेका, मादक पदार्थ सेवन गरेका, स्वरुप परिवर्तन, तीव्र गति र क्षमताभन्दा बढी लोड गरी चलाइएका, हेल्मेट, सिटबेल्ट र चालक पोसाक प्रयोग नगरेका सवारी साधनका चालकलाई कारबाही गरिएको हो । सिन्धुली जिल्ला हुदै र जिल्ला भित्र नियम विपरित चल्ने सवारी साधन कारबाहिमा परेका हुन् ।

कति कारबाहिमा परे ?

ट्राफिक नियम विपरित चलेका साढे ११ हजार भन्दा बढी सवारीसाधन कारबाहिमा परेका छन् । चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कार्तिकमा ११ हजार ७ सय ५० सवारी कारबाहिमा परेका हुन् । साउन महिनामा ट्रक ५ सय १०, बस ३ सय २६, कारजिप, ६१५, ट्याक्टर १ सय ७९, मोटसाइक र स्कुटर ५ सय ९४ र अटो तथा अन्य २ सय ३५ कारबाहिमा परेका छन् ।

भदौ महिनामा ट्रक ४ सय ७२, बस ३ सय ८४, कारजिप ७ सय ९, ट्याक्टर १ सय ९०, मोटसाइकल तथा स्कुटर ६ सय ७४ र अटो तथा अन्य ३ सय २१ कारबाहिमा परेका छन् । असोज महिनामा ट्रक ५ सय ८२, बस ४ सय ९६, कारजिप ८ सय ३, ट्याक्टर १ सय ५३, मोटसाइकल,स्कुटर ७ सय ८३ र अटो तथा अन्य ४ सय ३३ कारबाहिमा परेका छन् । कार्तिक महिनामा ट्रक ४ सय ७५,बस ४ सय ८४, कारजिप १ हजार २ सय ४, ट्याक्टर १ सय २२, मोटसाइकल, स्कुटर ७ सय ३९ र अटो तथा अन्य २ सय ७६ कारबाहिमा परेको ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको तथ्याङकमा उल्लेख छ ।

दुर्घटना न्यूनिकरणका कार्यक्रम कति भए ?

ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले दुर्घटना न्यूनिकरण तथा ट्राफिक नियमको पालना गराउनका लागि विभिन्न कार्यक्रम संचालन गरेको छ । चार महिनाको अवधिमा कार्यालयले १ सय ३८ पटक सचेतनाको कार्यक्रम संचालन गरेको छ । साउन महिनामा २० पटक, भदौँमा ४२ पटक, असोज र कार्तिकमा ३८ पटक कार्यक्रम संचालन गरेको छ । सो कार्यक्रमबाट १४ हजार ८ सय ८५ नागरिक प्रत्यक्ष लाभांवित भएका छन् ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles