Thursday, February 2, 2023

सिन्धुली अस्पतालमा फोहोर प्रशोधन मेसिन

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

हरिहरपुरगढीमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले वडा कार्यालबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । विहिबार गाउँपालिकाले वडा नम्बर १ को कार्यालयबाट...

सिद्धेश्वर खानेपानीका उम्मेदवार उपभोक्ताको घरमा भोट माग्दै

सिन्धुली- सिद्धेश्वर खानेपानी निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार भोट माग्न उपभोक्ताको घर धाउन थालेका छन् । आफ्नो पक्षमा जित हात पार्नका लागि...

सिन्धुली – सिन्धुली अस्पतालमा फोहोर प्रशोधन मेसिन संचालनमा आएको छ । स्वास्थ्य संस्थाजन्य फोहोरको नयाँ प्रविधिबाट वर्गीकरण गरेर व्यवस्थापन सुरु गरिएको हो । यसबाट सुनकोसी गाउँपालिका हेल्थपोष्टमा समेत फोहोर व्यवस्थापन केन्द्र निर्माण र वर्गीकरण गर्ने मेसिन जडान हुनेछ ।

प्लान इन्टरनेशनल नेदरल्याण्ड्स र वास एसडीजीको दुई करोड सहयोगमा फोहोर प्रशोधन मेसिन संचालनमा आएको हो । औषधिका रित्ता डब्बा, स्लाइनका बोतल, सिरिन्ज, मेटल, बाक्लो कागज, पानीका बोतललगायतका फोहोरलाई संकलन केन्द्रमा भण्डारण पछि वर्गीकरण गरेर पुनः प्रशोधन गर्न थालेको अस्पतालका अध्यक्ष प्रल्हाद पोखरेलले बताउनुभयो ।

अस्पतालबाट निस्किने फोहोर व्यवस्थापन हुन नसक्दा जथाभावी छरिएर स्वास्थ्यकर्मी, सेवाग्राही समेतलाई असर गर्दै आएको थियो । स्वास्थ्यजन्य फोहोर उठाउन नगरका सफाइ कर्मचारी समेत आनाकानी गर्ने गर्थे । ‘अब अस्पतालले नै फोहोरलाई मोहोरमा परिणत गर्न सुरुवात गरेको छ,’ अध्यक्ष पोखरेलले भन्नुभयो, ‘अस्पतालबाट निस्किने फोहोर व्यवस्थापनका कर्मचारी भने अपुग छन् । दक्ष जनशक्ति भएमात्र फोहोरबाट आम्दानी लिन सकिन्छ ।’ फोहोरको वर्गीकरण गर्न र पुनः प्रशोधन गर्न मिल्ने वा नमिल्ने अत्याधुनिक मेसिनबाट थाहा हुने भएकाले अस्पताललाई आम्दानीको स्रोत समेत हुने प्राविधिक कर्मचारीहरु बताउँछन् । स्वास्थ्य सेवा विभागअन्तर्गत फोहोर व्यवस्थापन महाशाखाका प्राविधिक नवीनलाल अमात्यका अनुसार फोहोर वर्गीकरण गर्ने अटो क्लेभ मेसिनमा फोहोर राखेपछि कागज, प्लास्टिक, धातु पहिचान हुने भएकाले व्यवस्थापनमा सजिलो हुन्छ ।

अत्याधुनिक अटोक्लेभ मेसिनमा फोहोर हालेपछि त्यसबाट फोहोरको वर्गीकरण हुन्छ । शून्य फोहोरको अवधारणाअनुसार संक्रमित फोहोरलाई स्मार्टअटोक्लेभको प्रयोग गरी निर्मलीकरण गरिने फोहोर व्यवस्थापन केन्द्र निर्माणमा प्राविधिक सहयोग गरेको हेकाफका कार्यक्रम प्रबन्धक श्रावस्ती कर्माचार्यले बताउनुभयो । उहाँका अनुसार अस्पतालका वार्डहरुमा संकलित फोहोरलाई तालिम प्राप्त जनशक्तिबाट व्यवस्थापन गरिन्छ ।

सिन्धुलीमाडीमा रहेका सरकारी तथा निजी स्वास्थ्य संस्थाले समेत सदस्य बनेर फोहोर संकलन केन्द्रमा जम्मा गर्न सकिने छ । स्वास्थ्यजन्य फोहोरका लागि अब नगरपालिकाले उठाउनुपर्ने झन्झट सकिएको छ । स्वास्थ्य संस्थाहरुले दैनिक वा दिन बिराएर फोहोर संकलन गरी संकलन केन्द्रमा ल्याएमात्र हुने स्वास्थ्कर्मीहरुको भनाइ छ । यो नेपालमै नयाँ प्रविधि भएकाले अस्पतालजन्य फोहोर व्यवस्थापनमा सबैले सघाउ पु¥याउनु पर्ने जनाइएको छ । स्वास्थ्य संस्थाजन्य फोहोर संकलन केन्द्रको संघीय स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले बुधबार उद्घाटन गर्नुभएको थियो ।

Hot Topics

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

Related Articles