Tuesday, December 5, 2023

राजमार्ग छेउमा बालबालिका अमला बेच्दै

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ बाराका न्यून आए भएको परिवारका बालबालिका मौसम अनुसारका फलफूल तथा जगंली फल बेच्न व्यस्त छन् । विपन्न परिवारका बालबालिकाका लागि अहिले अमला आम्दानीको राम्रो स्रोत बनेको छ ।

गोलन्जोर गाउँपालिका ७ बाराकी सुस्मीता नेपाली नजिकको विपि राजमार्गमा सवारीसाधन आउने वित्तिकै दुवै हातमा प्लास्टिकमा पोको बनाएको अमला देखाउदै “अमला लिनुस अमला” भन्दै कराउनु हुन्छ । १२ वर्षिय सुस्मीता विहान जंगलमा अमला टिप्न जानुहुन्छ ।

जंगलबाट टिपेर ल्याएको अमला दिउँसो प्लास्टिकमा पोको बनाइ राजमार्ग छेउ बेच्न पुग्नु हुन्छ । “विहानै जंगलबाट टिपेर ल्याएको ।” प्लास्टिकमा पोको बनाएको अमला देखाउँदै उहाँ भन्नुहुन्छ , “यो एउटा प्लास्टिकको एक सय रुपैया हो ।” यस याममा अमला सुस्मीतालाई आम्दानीको राम्रो स्रोत बनेको छ । अमला दैनिक ५ सय देखि १ हजार सम्म बेच्ने गरेको उहाँ सुनाउनु हुन्छ । “आज १ हजार रुपैयाको अमला विक्रि भए छ ।” हातको पैसा गन्दै सुस्मीता भन्नुहुन्छ, “अब यो ४ वटा प्लास्टिकमा पोको बनाएको अमला बेच्नु छ ।” दिउँसो १ बजेबाट अमला बेच्न राजमार्ग र्झनु भएको सुस्मीताले साझँ ५ बजे सम्म १ हजारको अमला बेचि सक्नु भएको छ । विद्यालय बन्द भएको समयमा मौसम अनुसारको फलफूल तथा जंगली फल बेच्न विपि राजमार्ग आउने गरेको उहाँले सुनाउनुभयो ।

सोहि स्थानमा ६ वर्षिय बालक पनि दुवै हातमा प्लास्टिकमा पोको बनाएको अमला देखाउदै “अमला लिनुस् हजुर अमला लिनुस्” भन्दै ठुलो स्वरले कराउँदै छन् । गोलन्जोर गाउँपालिका ७ हायुडाँडाका ६ वर्षिय मनिश मंग्राती बिहान अंकलले टिपेको अमला बेच्न ल्याएको बताउँछन् । “म त रुख चड्न सक्दिन । यो सबै अमला अंकलले टिप्दिनु भएको हो ।” अमलाको पोको देखाउँदै उहाँले भन्नुभयो, “अमला बेचेको पैसा थोरै म राख्छु अनि अंकललाई दिन्छु ।” विद्यालय बन्द भएकाले अमला बेच्न आउँको उहाँले सुनाउनुभयो । सोहि स्थानमा ७ वर्षिय दिबिया मंग्राती पनि अमला बेच्दै हुनुहुन्छ । राजमार्गमा सवारी साधन आउने वित्तिकै दुवै हातमा प्लास्टिकमा पोको बनाएको अमला देखाउदै “एउटाको मात्र ५०, अमला लिनुस् हजुर” भन्दै कराउँने गर्नु हुन्छ । जंगलबाट बुवा ममि र अंकलले टिपेर ल्याएको अमला बेच्न ल्याएको उहाँ सुनाउनु हुन्छ । दिबिया दिनमा ५ सय देखि ८ सय सम्मको अमला बेच्नु हुन्छ । “अहिले पढाइ पनि छैन । त्यहि भएर अमला बेच्न आएको हो ।” उहाँले भन्नुभयो, “यहाँ अमला बेचेको पैसा सबै ममिलाई दिन्छु । ममिले यहि पैसाले घरमा तरकारी ल्याउनु हुन्छ अनि मलाइ पनि नयाँ लुगा किन्दिनु हुन्छ ।”

गोलन्जोर गाउँपालिका ७ बारा स्थित विपि राजमार्गमा अहिले अमला बेच्ने बालबालिकाको लर्को छ । उक्त क्षेत्रका बालबालिकाहरु अम्बा, काफल, फडिल, ज्यामुना, काँक्रा, जुनार, सुन्तला र नास्पाती लगाएतका मौसमी फलफुलहरु विक्रि गर्न राजमार्ग छेउँ पुग्छन् ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles