Thursday, September 28, 2023

सिन्धुलीमा उम्मेदवारले बुझाउन थाले खर्च विवरण

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम - पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

सुनकोशी ९ मा नमुना विद्युतिकरणको सार्वजनिक सुनुवाई

ओखलढुंगा - ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ मा उज्यालो वडा अभियानको विद्युतिकरणबारे सार्वजनिक सुनुवाई गरिएको छ । सुनकोशी गाउँपालिका–९ का संस्थापक वडाअध्यक्ष झनक कुमार...

सिन्धुली – सिन्धुलीमा उम्मेदवारले खर्च विवरण बुझाउन थालेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएसंगै निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार खर्च विवरण बुझाउन हतारिएका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीयतहको निर्वाचनको समयसीमाभित्र खर्च विवरण नबुझाएका उम्मेदवारलाई खर्च गर्न पाउने सीमा बराबरको जरिवाना तिनुपर्ने निर्वाचन आयोगल निर्णय गरेको थियो ।

सिन्धुलीमा रहेको दुईवटा निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम यही मंसिर ८ गते सार्वजनिक भएको थियो । आठ गतेबाट नै उम्मेदवारले खर्च विवरण बुझाउन थालेको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीकी सुचना अधिकारी गिता दाहालले बताउनुभयो । उहाँका अनुसार सोमबार सम्म जिल्लामा आठ जना उम्मेदवारले खर्च विवरण बुझाइ सकेका छन् । “अन्तिम मतपरिणाम सार्वजनिक भएपछि कार्यालय खुलेको पहिलो दिन आठ जना उम्मेदवारले खर्च विवरण बुझाएका छन् । खर्च विवरण बुझाउने क्रम जारी छ ।” दाहालले भन्नुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारसहित समानुपातिक उम्मेदवारसमेत आफैँ निर्वाचन कार्यालयम पुगेर आवश्यक कागजातसहितको खर्च विवरण बुझाएका छन् । पराजित हुने उम्मेदवारले धमाधम खर्च विवरण बुझाइ रहेको दाहालले बताउनुभयो ।

“स्थानीयतहका उम्मेदवारले खर्च विवरण नबुझाएर जरिवाना तिर्न परेको सुनेको छु ।” एक उम्मेदवारले भन्नुभयो, “निर्वाचित भएपछि मतदाताबाट लिनुपर्ने बधाई र दिनुपर्ने धन्यवादपछि साटासाट गर्न पाइन्छ तर, कानुनी प्रक्रियाअनुसार तोकिएको खर्च विवरण समयमा बुझाउन लागेको छु ।” निर्वाचनमा पराजित भएका उम्मेदवार चुनावी समीक्षा गर्न र विजेता मतदातालाई धन्यवाद दिन घरघरमा जानुपर्ने व्यस्त समय भए पनि स्थानीयतहको निर्वाचनका उम्मेदवारले समयभित्र खर्च वितरण नबुझाएको कारण खर्च गर्न पाउने बराबरको जरिवानाको निर्णय निर्वाचन आयोगले तोकेको थियो । त्यसको सकारात्मक प्रभावको कारण अहिलेको आमनिर्वाचनका उम्मेदवार खर्च विवरण बुझाउन हतारिएका छन् ।

आम निर्वाचनअन्तर्गत जिल्लाको दुइ निर्वाच क्षेत्र प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारले जनहि ३१ लाखसम्म खर्च गर्न पाइने सीमा तोकिएको छ । प्रदेशसभातर्फ जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को १, २ र २ कोे १ मा प्रत्यक्षतर्फका उम्मेदवारले १९ लाख सम्म खर्च गर्न पाइने कानुनी व्यवस्था तोकिएको थियो । यस्तै निर्वाचन क्षेत्र २ को २ मा २१ लाख सम्म खर्च गर्न पाइने सिमा तोकिएको थियो । प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारले रु दुई लाखसम्म र प्रदेश समानुपातिक उम्मेदवारले रु एक लाख ५० हजारसम्म खर्च गर्न पाउने सीमा छ ।

सोही सीमाभित्र रहेर निर्वाचनको अन्तिम मतपरिणाम आएको मितिले एक महिनाभित्र उम्मेदवारले अनिवार्यरुपमा खर्च विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । तोकिएको समयभन्दा ढिलो गरेमा उम्मेदवारले खर्च गर्न पाउने सीमा बराबरसम्मको जरिवाना तिर्नुपर्ने भएकाले जिल्लाका उम्मेदवार चुनावी नतिजा आएलगत्तै खर्च विवरण बुझाउन हतारिएका हुन् ।

Hot Topics

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

Related Articles