Thursday, June 8, 2023

दाहाललाई ८० किलोको माला लगाएर सम्मान गरे

सिन्धुली- सिन्धुली छेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाललाई ८० किलोको सयपत्री फुलको माला लगाएर सम्मान गरिएको छ ।

दाहाललाइ सहिद तथा बेपत्ता योद्दा सन्तती फाउन्डेसन सिन्धुली र वाइसियल नेपाल सिन्धुलीले संयुत्त रुपमा माओवादी पार्टी कार्यालयमा ८० किलोको माला लगाएर सम्मान तथा बधाइ कार्यक्रम गरेको हो ।

सिन्धुलीमा प्रत्यक्ष र समानुपातिकतर्फको मतपरिणाम आइसकेको थियो । गठबन्धनका विजयी उम्मेदवारले मङ्सिर ९ देखि १४ गतेसम्म मतदाता धन्यबाद कार्यक्रमको समयतालिका बनाएको भन्दै सोहीअनुसार आफूहरु गाउँ–गाउँमा पुग्ने सिन्धुली क्षेत्र नम्बर २ को १ का प्रदेशसभा सदस्य छेत्रबहादुर बम्जनले बताउनुभयो ।

सांसद बम्जनले आफ्नो क्षेत्रका सबै वडा र बस्तीमा पुगेर मतदातालाई भेट्ने र खुसी साट्ने बताउनुभयो । उहाँले जनताले आफूहरूलाई भरोसा गरेर जिताएको भन्दै अब जनताको आवश्यकता र समस्यालाई समाधान गर्ने गरी काम गर्ने बताउनुभयो । “अहिले पनि जिल्लाका जनताले राम्रो स्वास्थ्योपचार, गुणस्तरीय शिक्षा, स्वच्छ खानेपानी पाउन सकेका छैनन्, उनीहरूको समस्या पहिलेजस्तो थियो, अहिले पनि उस्तै छ”, उहाँले भन्नुभयो, “हामीलाई विश्वास गरेर जिताउनुभएको छ, अब उहाँहरूको विश्वासलाई टुट्न नदिई काम गर्ने अठोट गरेका छौँ, हामी सकेको गर्छौँ, नसक्ने आश्वासन दिँदैनौँ ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...