Thursday, June 8, 2023

लागुऔषध सहित ६५ जना पक्राउ

सिन्धुली- जिल्ला प्रहरी कार्यालय सिन्धुलीले लागुऔषध सहित एक वर्षको अवधिमा ६५ जनालाई पक्राउ गरेको छ ।

आर्थिक वर्ष २०७८-७९ मा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट ६५ जना लागुऔषध विक्रेता र प्रयोगकर्तालाई पक्राउ गरेको हो । एक वर्षको अवधिमा ४९वता लागुऔषधका मुद्धा दर्ता भएका छन् । गत वर्ष लागुऔषध सहित ६० जना पक्राउ परेका थिए ।

यस्तै एक वर्षको अवधिमा जिल्लामा ३ सय ६९ ग्राम ५७ मिलिग्राम ब्राउनसुगर, १५ सय ४१ केजि ४२१ ग्राम गाजाँ, २ हजार ३ सय ४४ टिटि, १० हजार ९ सय ७५ ट्याबलेट, २ सय २१ बोतल झोल पदार्थ प्रहरीले बरामद गरेको छ । गत वर्ष ब्राउनसुगर ३ सय ४९ ग्राम ४सय ४० मिलिग्राम, गाजा १ सय ४३ किलो, टिटि ४ हजार ६८, झोल २ सय ३४ बोतल र ट्याबलेट २ हजार १ सय ६ बरामद गरेको थियो ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...