Thursday, February 2, 2023

तीव्र गतिमा गाडी चलाउनेले १ घण्टा सचेतना कक्षा लिनुपर्ने

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

हरिहरपुरगढीमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले वडा कार्यालबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । विहिबार गाउँपालिकाले वडा नम्बर १ को कार्यालयबाट...

सिद्धेश्वर खानेपानीका उम्मेदवार उपभोक्ताको घरमा भोट माग्दै

सिन्धुली- सिद्धेश्वर खानेपानी निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार भोट माग्न उपभोक्ताको घर धाउन थालेका छन् । आफ्नो पक्षमा जित हात पार्नका लागि...

काठमाण्डौ – तीव्र गतिमा गाडी चलाउने चालकले अब अनिवार्यरूपमा ट्राफिक सचेतना कक्षा लिनुपर्ने भएको छ ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज शुक्रवार पत्रकार सम्मेलन गरी आउँदो मङ्सिर १५ गतेदेखि तीव्र गतिमा गाडी चलाउने चालकले अनिवार्यरूपमा एक घण्टा ट्राफिक सचेतना कक्षा लिनुपर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले तीव्र गतिमा गाडी चलाउने चालकलाई ट्राफिक नियमअनुसार कारबाही गर्दै एक घण्टाको सचेतना कक्षा लिएपछि मात्र छोडिने जानकारी दिनुभयो । ‘काठमाण्डौ उपत्यकामा हुने धेरै सवारी दुर्घटना तीव्र गतिका कारण हुने गरेको पाइएको छ, उपत्यकाभित्रको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न यो अभियान सञ्चालन गर्न लागेका हौँ’, उहाँले भन्नुभयो । 

ट्राफिक प्रहरीले यसअघि जाँड–रक्सी खाएर गाडी चलाउने, लेन अनुशासन पालना नगर्ने र रातो बत्ती क्रस गर्नेलाई मात्रै सचेतना कक्षा लिँदै आएको थियो ।

काठमाण्डौ उपत्यकामा आव २०७८–०७९ मा तीव्र गतिका कारण तीन हजार पाँच सय ४३ सवारी दुर्घटना भएको कार्यालयले जनाएको छ ।

प्रवक्ता भट्टले चालु आवमा सडकमा गुडिरहेका यान्त्रिक अवस्था ठिक नभएका ३ सय ५२ वटा गाडीलाई परीक्षण तथा कारबाहीका लागि यातायात व्यवस्था विभागमा पठाइएको बताउनुभयो । ठूलो ध्वनि निकाल्ने १८ वटा मोटरसाइकललाई पनि नियन्त्रणमा लिएर परीक्षण गरी कारबाही गरिएको छ । उहाँले स्कुल बस निर्देशिका २०७४ बमोजिम स्कुल बस नचलाउने १ सय ७० चालकलाई कारबाही गरिएको जानकारी दिनुभयो । जसमध्ये जाँड–रक्सी खाएर गाडी चलाउने ३७ जना चालक रहेका छन् ।

Hot Topics

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

Related Articles