Monday, March 27, 2023

सिन्धुलीमा मत परिणामको रातभर पर्खाइमा

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिँदै

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिने भएको छ । 

स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्ववियु चुनाव गर्न निर्देशन

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्न निर्देशन दिएको छ ।

अब कुन पालिकाको मतगणना हुदै छ ? अबको एक घण्टापछि माइकिङ गर्छन् । रातको १ बजे मतणना केन्द्रबाट बाहिर मत परिणाम कुर्दै गरेका झण्डै १ सय भन्दा बढी राजनितिक दलका समर्थकहरु देखिन्छ ।

मत गणनास्थलबाट बाहिर जो देखा पर्छ, ‘आयो.. आयो..’ भन्ने हर्सित आवाज ठूलै स्वरमा सुनिन्छ, दशौँ प्रश्नहरु तेर्सिन थाल्छन् । भित्र भइरहेको मतगणनाको परिणाम सुन्न आतुर दलका समर्थकलाई भोक र निन्द्राको भन्दा मत परिणामको चिन्ता छ । मतगणना केन्द्र बाहिर परिणाम कुरेर बस्नु भएको शिब कार्कि भन्नुहुन्छ–“भोट त हालियो, जित्ला कि नजित्ला सुन्न हतार छ । जित्छ कि भनेर कुरिरहेको छु ।”

मतगणनास्थल बाहिर करिब दुई सय जनाले घेरेर बसेका छन् । सुनकोशी, मरिण, हरिहरपुरगढी देखि परिणाम थाहा पाउन यहाँ आएका छन् । युवायुवती र वृद्धवृद्धा सबैको सहभागिता उत्साहजनक छ । सोमबार दिउँसो मतगणना सुरु भएदेखि नै कुरिरहनुभएको छ, कमलामाई नगरपालिका ५ का जितेन्द्र साहि पनि । अघिल्लो चुनावको मतगणनाभन्दा यसपटक उहाँलाई छुट्टै उत्सुकता छ । साहि भन्नुहुन्छ, “भित्र मतगणना भइरहेको छ, मत परिणाम सुन्न यही बसिरहेको छु ।” सबैको हारजित सुनेर मात्रै अरु काममा लाग्ने उहाँले सुनाउनुभयो ।

कमलामाई नगरपालिका ४ का सुर्य थापाले भोट खसाल्नुभएको यो पहिलो पटक हो । उहाँले विसं २०७४ मा भोट हाल्न पाउनुभएको थिएन । त्यत्ति चासो पनि उहाँलाई लागेन । अहिले चिनेकै मान्छे प्रतिनिधिसभाको उम्मेदवार भएकाले सोमबारदेखि गणनास्थल आसपासमै खाने बस्ने गर्दै परिणाम कुरिरहनुभएको छ । एक पटक मत परिणाम सुनेपछि अर्काेपटक सुन्न करिब २ घण्टा कुर्नुपर्छ । “तै पनि यो ठाउँ छोडेर अन्त जानै मन छैन”, उहाँले भन्नुभयोे ।

मतगणना भइरहेका स्थानमा स्पिकर छ । गणनास्थलका कर्मचारीले त्यसैबाट परिणाम सुनाउँछन् । परै बसेर पनि सजिलै सुन्ने व्यवस्था मिलाइएको छ । मरिण गाउँपालिकाका सुनिल चौलागाई भन्नुहुन्छ “मतगणना सुरु भयो, कसैले छोडेकै छैनन्,” उहाँले भन्नुभयो, “मतपेटिका आइपुगेदेखि भोकभोकै पनि नतिजा सुन्न बसेका छन् । हातहातमा मोबाइल भए पनि आफैँले सुनेको जस्तो विश्वास नभएकाले गणनास्थलमै कुरेर बसेका छौँ ।”

सदरमुकाम सिन्धुलीमाढी स्थित कन्दमुल तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मत गणना भइरहेको छ । मत गणनास्थलमा पनि परिणाम कुर्नेको उत्साह उस्तै छ । कमलामाई नगरपालिका ८ का विवेक गौतमलाई पनि पहिलेको चुनावको भन्दा अहिलेको चुनाव बेस्सरी लागेको छ । “मैले भोट दिएको मान्छेले पाएको मत परिणामको नजिता कस्तो आइरहेको छ भनेर सुन्न बसिरहेको छु ।” उहाँले भन्नुभयो ।

उनीहरु स्तै हरेक मत गणना भइरहेको स्थलमा एक सयदेखि तीन सय हुन्छन् । उनीहरु प्राय आफ्ना समर्थक र आफूले मतदान गरेको उम्मेदवारले पाएको मत सुन्न चासोका साथ गणनास्थलमा पुगेरै परिणाम सुन्न लालाहित भएका हुन् ।

Hot Topics

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

Related Articles