Monday, March 27, 2023

सिन्धुलीमा मादकपदार्थ बिक्री वितरण तथा सेवन गर्न निषेध

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिँदै

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिने भएको छ । 

स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्ववियु चुनाव गर्न निर्देशन

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्न निर्देशन दिएको छ ।

सिन्धुली – निर्वाचन आयोगले मतदानको मितिभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण र सेवन निषेध गराउन निर्देशन दिने निर्णय गरेको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले एक सुचना मार्फत जानकारी दिएको हो ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०७९ को दफा २५ मा निर्वाचन अधिकृत तथा मतदान अधिकृतलाई मतदान तथा मतगणनाको अवधिमा शान्तिपूर्ण अवस्था कायम राख्नका लागि मतदानको ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण र सेवन निषेध गरिएको सुचनामा उल्लेख छ ।

प्रचारप्रसार निषेध भएको अवधि (मतदान सुरू हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म) आवश्यक प्रबन्ध मिलाई मदिरा बिक्री, वितरण, ओसारपसार तथा सेवन गर्ने गराउने कार्यलाई पूर्णरूपले निषेध गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनुभयो ।

मतदान सुरु हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण तथा ओसारपसारका कार्य स्थगन गरी शान्तिपूर्ण वातावरणमा, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न गराउन सहजीकरण र सहयोगको आवश्यक व्यवस्था मिलाउन मदिराको बिक्री वितरणको अनुमति प्राप्त गरेका व्यवसायीलाई आग्रह गरिएको छ ।

मतदान सुरु हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्मको अवधिमा मदिरा बिक्री, वितरण, ओसारपसार तथा सेवन गर्ने गराउने कार्यको सूक्ष्म अनुगमन गरी आवश्यक कारवाहीको व्यवस्था मिलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभाग तथा अन्य सरकारी निकायका स्थानीय तहमा रहेका कार्यालयलाई निर्देशन समेत दिएको छ ।

निर्वाच आयोगको निर्देशनमा कहीँकतैबाट अवज्ञा भई मदिराको बिक्री वितरण, ओसारपसार र सेवन गरेको गराएको वा निर्वाचनको शान्ति भङ्ग गराएको पाइएमा आवश्यक कारबाहीका लागि नजिकको प्रहरीलाई सूचना गरी सहयोग गर्न आमनागरिकलाई अनुरोधसमेत गरेको छ ।

Hot Topics

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

Related Articles