Thursday, September 28, 2023

हरिहरपुरगढीमा पर्यटकको घुइचो लाग्नेछ – मनोज जंग थापा

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम - पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

सुनकोशी ९ मा नमुना विद्युतिकरणको सार्वजनिक सुनुवाई

ओखलढुंगा - ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ मा उज्यालो वडा अभियानको विद्युतिकरणबारे सार्वजनिक सुनुवाई गरिएको छ । सुनकोशी गाउँपालिका–९ का संस्थापक वडाअध्यक्ष झनक कुमार...

सिन्धुली – हरिहरपुरगढी गाउँपालिकालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रतिनिधिसभा क्षेत्र नम्बर २ उम्मेदवार मनोजजंग थापाले प्रतिवद्धता गर्नुभएको छ । विहिबार हरिहरपुरगढी गाउँपालिकामा चुनावी सभालाई सम्बोधन गर्नुहुदै थापाले यस्तो बताउनुभएको हो ।

उहाँले चार वर्ष अगाडि नै हरिहरपुरगढी दरबारलाई युद्ध संग्राहलय बनाउने गुरुयोजना तयार बनाएको बताउनुभयो । “अब हामी छिटै हरिहरपुरगढीको किल्लालाई पर्नुस्थापना गर्ने छौँ, हरिहरपुरगढीमा पर्यटकको घुइचो लाग्नेछ । हरिहरपुरगढीको ऐतिहास,बहादुरिता र गौरब अन्तर्राष्ट्रिय रुपमा चिन्ने छन् ।” उहाँले भन्नुभयो । हरिहरपुरगढीवासीले गर्भका साथ सिर उठाएर हिड्ने वातावरण तय हुने उहाँले बताउनुभयो । हरिहरपुरगढी गाउँपालिकाका नागरिक हो भनेर हामीले गर्भको साथ भन्न सक्ने छौँ । “तपाइको सम्मानपूर्ण जिवन र्फकाउनका लागि हामीलाई मतदान गर्नुहोस् । तपाइको मानप्रतिष्ठा, सम्मान, विकास निर्माण फर्किने छ, राजनितिक विवेद अन्त हुनेछ ।” उहाँले भन्नुभयो ।

राजनितिक विवेदको आधारमा विकास निर्माणलाई भेदभाव गर्ने काम बन्द गर्ने थापाले बताउनुभयो । सिन्धुली जिल्लाको विकास निमार्ण लगाएत सबै कुरामा पछाडि परेको क्षेत्र भनेको हरिहरपुरगढी हो । यहाँ राजनितिक आधारमा विकास भएको छ । आफुलाई मत हाल्ने र आफ्नो कार्यकर्ताको क्षेत्रमा विकास भएको देखिन्छ ।

यो मदनभण्डारी राजमार्ग बन्नु अगाडि यहाँबाट सदरमुकाम पुग्न पनि समस्या थियो । अहिले पनि क्यानेश्वरका समुदायलाई सदरमुकाम सम्म पुग्न समस्या छ । उहाँले भन्नुभयो । आगामी मंसिर ४ गतेको निर्वाचनमा नेकपा एमालेले विजय प्राप्त गरेपछि गाउँपालिकादेखि सदरमुकामसम्म आउने सम्पूर्ण सडक कालोपत्रे गर्ने थापाले प्रतिवद्धता गर्नुभएको छ ।

हरिहरपुरगढी गाउँपालिकावासीको हातहात मोबाइल भएपनि उपयोग गर्न नपाएको उहाँले बताउनुभयो । “सुचनासंचारको क्षेत्रमा हाम्रो हातहातमा मोबाइल छ । यो विज्ञान प्रविधिले दिएको उपहार हामीले निर्वाह रुपमा यसको उपयोग गर्न पाएका छौँनौँ ।

हामीसँग मोबाइल छ तर टावरको अभावको कारण सुचना प्राप्त गर्नबाट बंचित छौँ । यसको अन्त्य गर्न हामी लागि परेका छौँ । बोटनि क्षेत्रमा नेपाल टेलिकमको टावर राखेर समस्याको समाधान गर्ने छौँ ।” उहाँले भन्नुभयो । चुनाव जितेपछि पाँच वर्षमा हरिहरपुरगढीमा दुरसंचारका सबै लाइन उपलब्ध हुनेपनि उहाँले प्रतिवद्धता गर्नुभयो ।

यस्तै, हरिहरपुरगढी गाउँपालिकामा खानेपानीको समस्या समाधान गर्ने पनि थापाले प्रतिवद्धता गर्नुभएको छ । “गाउँपालिकाको माथिल्लो भेगमा धेरै नै खानेपानीको समस्या हरेछ । सो क्षेत्रका नागरिकले खानेपानीको समस्या समाधान गर्न अनुरोध गरेका छन् ।

हामीले जित्यौँ भने गाउँपालिकाको ८ वटै वडामा खानेपानीको समस्या समाधान गर्ने छौँ ।” उहाँले भन्नुभयो । सिंचाइको सुविधाका लागि विषेश योजना बनाएको उहाँले बताउनुभयो । “कृषि उत्पादनलाई पनि प्राथमितामा राखेका छौँ । यहाँ पानी अभावको कारण सोचे अनुसारको उत्पादन हुन सकेको छौँ । त्यसैले सिंचाइलाई पहिलो प्राथमितामा राखेर हरिहरपुरगढीलाई हराबरा बनाउने छौँ ।” उहाँले भन्नुभयो । सिंचाइको अभावका सयौँ हेक्टर खेतियोग्य जमिन बाझो रहेको छ ।

यस्तै, स्वास्थ्यको क्षेत्रमा गाउँपालिका भित्र राम्रो अस्पताल छैन, विशिषज्ञय चिकित्सक सहितको अस्पताल संचालनका लागि योजना तयार गरेको थापाको भनाइ छ । गाउँपालिकामा विद्यालयहरु धेरै भएपनि राम्रो शिक्षा नभएको उहाँले बताउनुभयो । शिक्षाको गुणस्तर बनाउनका लागि विषेश योजना बनाएको उहाँले बताउनुभयो ।

“हिजो स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडाअध्यक्षमा पराजित भएका नेतालाई माओवादीले निर्वाचनका खर्च भएको पचास प्रतिशत दिने र आफुलाई भोट हाल्नुस भन्ने गरेको सनेका छौँ । तपाइ त्यो लोभमा पर्नुहुनेछौँ, अहिले पचास प्रतिशत लिनेमा पछि त्यसको ब्याज सहित सयौँ तिर्नुपर्ने छ । ” उहाँले भन्नुभयो ।

Hot Topics

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

Related Articles