Monday, November 28, 2022

गाउँमै बस्ने वातावरण सिजर्ना गरिदिन मजदुर मतदाताको माग

सिन्धुलीमा प्रहरीले लैंगिक हिंसा न्यूनिकरण गर्न सचेतनामूलक कार्यक्रम गर्दै

सिन्धुली - सिन्धुलीमा प्रहरीले लैङगिक हिंसा न्यूनिकरणका लागि सचेतामूलक कार्यक्रम गरिरहेको छ । समुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीले जिल्लाको विभिन्न स्थानमा...

दाहाललाई ८० किलोको माला लगाएर सम्मान गरे

सिन्धुली- सिन्धुली छेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाललाई ८० किलोको सयपत्री फुलको माला लगाएर सम्मान गरिएको छ ।

नवनिर्वाचित जनप्रतिनिधि खुसि साट्दै

सिन्धुली - यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु गाउँ–गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन...

सिन्धुलीमा झण्डै ५० लाख लागतमा जर्बुट्टा कला केन्द्र निर्माण सुरु

सिन्धुली- सिन्धुलीको कमलामाई नगरपालिका ४ ढकालगाउँमा झण्डै ५० लाख लागतमा जर्बुट्टा कला केन्द्र निर्माण सुरु भएको छ । बागमती प्रदेशको ४९...

स्रोत नखुलेको झन्डै १४ लाख नगदसहित काठमाडौंबाट भारतीय नागरिक पक्राउ

नेपाल प्रहरीले स्रोत नखुलेको १३ लाख ८९ हजार रुपैयाँ नगदसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय...

सिन्धुली – सिन्धुलीका मजदुरले रोजगारीका लागि गाउँ छोड्नुपर्ने बाध्यता अन्त्य गर्न माग गरेका छन् । रोजगारीको खोजीमा गाउँ छोडेर सहर पसेका उनीहरू मतदान गर्न आफ्नै गाउँ फर्किने सोचमा छन् । तर निर्वाचित भएपछि पनि आफूहरूलाई गाउँमै बस्ने वातावरण बनाइदिन उनीहरूको माग छ ।

हाल प्रदेश, प्रतिनिधिसभा सदस्यका उम्मेदवार आफ्नो पक्षमा जित हात पार्न विभिन्न आश्वासन दिरहेका छन् । सडक, पानी, बिजुली र पुर्वाधार निर्माणको मुख्य एजेण्डा बनाएर उम्मेदवार मतदाताको घरघर पुगेका छन् ।

तर मजदुर भने गाउँमै रोजागारीको सिर्जना गर्न सहयोग गर्ने उम्मेदवारलाई मत दिने बताउँदै आएका छन् । कमलामाई नगरपालिका ४ का सविन कार्कि कामको सिलसिलामा काठमाडौँ पुग्नुभएको छ । ज्याला मजदुरी गर्ने कार्कि गाउँमै काम पाए केहि पैसा बचत हुने बताउनुहुन्छ । “गाउँमा काम पाए केहि पैसा बचत हुन्थ्यो । यहाँ त खाजा, खाना र बस्नका लागि नै कमाएको सबै पैसा सकिन्छ ।” उहाँले भन्नुभयो ।

उहाँ आगामी मंसिर ४ गते भोट हाल्नका लागि गाउँ आउने तयारीमा हुनुहुन्छ । आफ्नै ठाउँमा रोजगारीको सिर्जना गर्नेलाई भोट दिने उहाँले बताउनुभयो ।

यस्तै, ज्याला मजदुरीको काम गर्दै आउनुभएको सुनकोशी गाउँपालिका २ का रमेश विकले आफुहरुलाई सम्बोधन गर्ने नीति, नियम ल्याउनुपर्ने उहाँले बताउनुभयो । “मेरो यो पटकको मत मजदुरलाई समेट्न सक्ने, स्वदेशमै रोजगारीको व्यवस्था गर्ने योजना बनाएका उम्मेदवारलाई दिने छ ।” उहाँले भन्नुभयो ।

रोजगार र आम्दानी नभएपछि गाउँबाट सहर पसेका श्रमिकलाई मङ्सिर ४ को चुनावले छोएको छ । तर जुन कारणले उनीहरूले गाउँ छोडे, त्यसको समाधान अहिलेसम्म नभएकोमा भने आक्रोश र निरासा पाइन्छ । सहरका सडकमा निधारमा नाम्लो कसेर गुजारा चलाईरहेकाहरू सकभर गाउँमै फर्किन चाहन्छन् । आफ्नो भोटबाट जितेर आउनेहरूले रोजगारी दिन्छन् भन्ने आशको साथ उनीहरु मत हाल्न गाउँ फर्किदै छन् ।

Hot Topics

सिन्धुलीमा प्रहरीले लैंगिक हिंसा न्यूनिकरण गर्न सचेतनामूलक कार्यक्रम गर्दै

सिन्धुली - सिन्धुलीमा प्रहरीले लैङगिक हिंसा न्यूनिकरणका लागि सचेतामूलक कार्यक्रम गरिरहेको छ । समुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीले जिल्लाको विभिन्न स्थानमा...

दाहाललाई ८० किलोको माला लगाएर सम्मान गरे

सिन्धुली- सिन्धुली छेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाललाई ८० किलोको सयपत्री फुलको माला लगाएर सम्मान गरिएको छ ।

नवनिर्वाचित जनप्रतिनिधि खुसि साट्दै

सिन्धुली - यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु गाउँ–गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन...

Related Articles