Monday, November 28, 2022

सिन्धुलीमा निर्वाचनको शान्तिसुरक्षा दलले बढाए

सिन्धुलीमा प्रहरीले लैंगिक हिंसा न्यूनिकरण गर्न सचेतनामूलक कार्यक्रम गर्दै

सिन्धुली - सिन्धुलीमा प्रहरीले लैङगिक हिंसा न्यूनिकरणका लागि सचेतामूलक कार्यक्रम गरिरहेको छ । समुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीले जिल्लाको विभिन्न स्थानमा...

दाहाललाई ८० किलोको माला लगाएर सम्मान गरे

सिन्धुली- सिन्धुली छेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाललाई ८० किलोको सयपत्री फुलको माला लगाएर सम्मान गरिएको छ ।

नवनिर्वाचित जनप्रतिनिधि खुसि साट्दै

सिन्धुली - यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु गाउँ–गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन...

सिन्धुलीमा झण्डै ५० लाख लागतमा जर्बुट्टा कला केन्द्र निर्माण सुरु

सिन्धुली- सिन्धुलीको कमलामाई नगरपालिका ४ ढकालगाउँमा झण्डै ५० लाख लागतमा जर्बुट्टा कला केन्द्र निर्माण सुरु भएको छ । बागमती प्रदेशको ४९...

स्रोत नखुलेको झन्डै १४ लाख नगदसहित काठमाडौंबाट भारतीय नागरिक पक्राउ

नेपाल प्रहरीले स्रोत नखुलेको १३ लाख ८९ हजार रुपैयाँ नगदसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय...

सिन्धुली – निर्वाचनको मिति नजिकिँदै जाँदा सुरक्षाका दृष्टिले संवेदनशील मानिएको सिन्धुलीमा चुनावी अभियानमा लागेका राजनीतिक दल शान्ति र सुरक्षाका सवालमा आफूहरु संवेदनशील रहेको बताउँदै आएका छन् ।

यहाँका राजनीतिक दलले आपसमा मैत्रीपूर्ण वातावरणमा प्रचारप्रसार गर्नाका साथै समाजमा सकारात्मक सन्देश ल्याउन मित्रवत व्यवहार गरी प्रतिस्पर्धा गर्दै आएको बताएका हुन् ।

नेकपा एमालेले निर्वाचनमा उम्मेदवारको सुरक्षाका लागि युवा सङ्घ, विद्यार्थी र स्वयंसेवक परिचालन गरेको छ ।

स्वस्थ प्रतिस्पर्धा भइरहेकाले यहाँ समस्या नभएको र कार्यकर्तासहित सौहार्दपूर्ण वातावरणमा प्रचारप्रसारमा खटिएको नेकपा एमालेका जिल्ला सचिव नाराण बरालले बताउनुभयो । ‘‘हामी पटकपटक निर्वाचन कार्यालयसँग छलफल गरेर, मैत्रीपूर्ण प्रतिस्पर्धामा उत्रिएका छौँ, साथै आचारसंहिता पालनालाई पनि ध्यान दिएका छौँ’’, उहाँले भन्नुभयो, ‘‘निर्वाचनमा होमिँदा यहाँको शान्तिलाई पहिलो प्राथमिकतामा राखेका छौँ ।’’

निर्वाचनको समयमा कुनै घटना हुन सक्छन् । मतदातालाई आफ्नो पक्षमा पार्न उम्मेदवार तथा दलका नेता रातिसम्म कार्यकर्ता भेटघाट र अन्य कार्यकतालाई फकाएर आफ्ना पक्षमा पार्न विभिन्न आश्वासन दिने काम गर्दछन् । यस्तो बेला सुरक्षा चुनौति हुनसक्छ ।

सत्ता गठबन्धनमा रहेका दलले पनि प्रचारप्रसारको कार्य संयमित भएर गरिरहेको बताएका छन् । गठबन्धनले उम्मेदवारको घरदैलो कार्यक्रमको तालिका प्रहरीलाई दिनाका साथै प्रहरीसँग समन्वय गरेर आफ्ना चुनावी गतिविधि अघि बढाइरहेका नेपाली काँग्रेस जिल्ला अध्यक्ष उपेन्द्र पोखरेलले बताउनुभयो ।

‘‘एकअर्कालाई असर गर्ने गरी मैदानमा होमिन आवश्यक छैन । हामी आफ्ना एजेण्डा र प्रतिबद्धता लिएर अगाडि बढेका छौँ’’, उहाँले भन्नुभयो, ‘‘गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहभागी छन् । हामीले उम्मेदवारको सुरक्षाका लागि प्रहरीसँग सहकार्य गरेर अघि बढेका छौँ ।’’

चुनावी अभियानका क्रममा शान्ति र सुरक्षा कायम गर्नु सबैको दायित्व हो । यसका लागि सबै जिम्मेवार बन्न आवश्यक छ । चुनावी कार्यक्रम गर्दा मैत्रीपूर्ण वातावरणमा गरिरहेको प्रदेशसभा सदस्य क्षेत्र नम्बर २ को (क) का उम्मेदवार विनोद कुमार खड्काले बताउनुभयो । ‘‘हामी थप संयमित छौँ, कहिलेकाही हामी ¥यालीमा हुँदा अर्को पार्टीको ¥याली आएमा हामीले उनीहरुलाई पहिला जान दिइरहेका छौँ’’, उहाँले भन्नुभयो, ‘‘हामी यहाँको समाजलाई कसरी एकसुत्रमा बाँध्न सकिन्छ भन्नेमा जिम्मेवार छौँ ।’’

इलाका प्रहरी कार्यालयले उम्मेदवारको कार्यतालिकाअनुसार सुरक्षा दिने, आचारसंहिता पालनामा सचेत गराउँदै सुरक्षामा ध्यान दिइरहेको छ । दलहरु पनि निर्वाचन आफूहरु र व्यक्तिबीचको प्रतिस्पर्धा भए पनि निर्वाचन पछि फेरि यही समाजमा बस्नुपर्ने भएकाले संयमित भएको बताउँदै आएका छन् ।

निर्वाचनलाई निर्वाचनकै रुपमा मात्र लिइ स्वस्थ प्रतिस्पर्धा गर्न र समाजमा सकारात्मक सन्देश दिन दल पनि सचेत हुन आवश्यक रहेको राजनीतिक अगुवाहरु बताउँछन् ।

यस्तै, आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्ष्य गरि सिन्धुलीमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

जिल्लामा कुनै पनि अपिय घटना हुन नदिन सुरक्षा व्यवस्थालाई कडाई बनाएको हो । विशेष गरी निर्वाचनमा सीमा क्षेत्रमा आपराधिक क्रियाकलाप हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसिले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय मातहातका सबै युनिटलाई आवश्यकतानुसार परिचालन गरी गाउँदेखि सहरसम्म सबै स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको उहाँले जानकारी दिनुभयो । साथै जिल्लाका नौ वटै पालिकामा ८ सय भन्दा बढी प्रहरी परिचालन गरिएको छ । राजनितिक दलसँग समन्वय गरेर चुनावी कार्यक्रममा कुनै अपिय घटना हुन नदिनका लागि प्रहरी परिचालित गरेको केसिले बताउनुभयो ।

Hot Topics

सिन्धुलीमा प्रहरीले लैंगिक हिंसा न्यूनिकरण गर्न सचेतनामूलक कार्यक्रम गर्दै

सिन्धुली - सिन्धुलीमा प्रहरीले लैङगिक हिंसा न्यूनिकरणका लागि सचेतामूलक कार्यक्रम गरिरहेको छ । समुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीले जिल्लाको विभिन्न स्थानमा...

दाहाललाई ८० किलोको माला लगाएर सम्मान गरे

सिन्धुली- सिन्धुली छेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाललाई ८० किलोको सयपत्री फुलको माला लगाएर सम्मान गरिएको छ ।

नवनिर्वाचित जनप्रतिनिधि खुसि साट्दै

सिन्धुली - यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु गाउँ–गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन...

Related Articles