सिन्धुली – सिन्धुलीमा प्रहरीले चार फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्धामा फैसला कार्यान्वयन नगरि फरार रहेका चार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसिले जानकारी दिनुभयो ।
उहाँका अनुसार अदालतबाट जरिवाना तथा कैद फैसला भएका र पक्राउ पुर्जी जारी भई हालसम्म फरार भई लुकीछिपि बसेका चार व्यक्तिलाई पक्राउ गरी आबश्यक कार्यान्वयनको लागी सिन्धुली जिल्ला अदालत सिन्धुलीमा पेश गरिएको छ ।
फरार रहेका हरिहरपुरगढी गाउपालिका वडा नं. ४ जुटपानी का २४ वर्षिय असिम राईलाई पक्राउ गरिएको छ । राइलाई जवरजस्तिकरण्ी मुद्दामा उच्च अदालत पाटनबाट ०७६ पुष २० गतेको फैसलाले ११ महिना ६ दिन कैद तोकेको थियो । हाल सम्म फरार रही लुकिछिपी बसेको अबस्थामा उहाँलाई घरबाटै प्रहरीले गत असोज २३ गते पक्राउ गरेको हो ।
असोज २४ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले मरिण गाउपालिका वडा नं. ०४ का ५९ वर्षिय श्रीलाल माझिलाई पक्राउ गरेको छ । माझिलाई सवारी ज्यान अंगभंग मुद्धामा अदालतबाट १ महिना १० दिन कैद सँजाय फैसला भएको थियो । हालसम्म फरार रही लुकिछिपी हिड्दै गरेको अबस्थामा कमलामाई नगरपालिका वडा नं.६ स्थित धुराबजारबाट उहाँलाई पक्राउ गरीएको हो ।
असोज २५ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले गोलन्जोर गाउँपालिका वडा नं. ५ का ४७ वर्षिय बुद्धमाया सार्कीलाई पक्राउ गरेको छ । अंश मुद्धामा अदालतबाट ०७८ फागुन १० गतेको फैसलाले १६ दिन कैद फैसला गरेको थियो । हालसम्म फरार रही लुकिछिपी हिड्दै गरेको अबस्थामा कमलामाई नगरपालिका वडा नं.६ स्थित बसपार्कबाट सार्किलाई पक्राउ गरीएको हो ।
सोहि दिन प्रहरीले फिक्कल गाउँपालिका.–३ का ५६ वर्षिय टेक बहादुर रजन मगरलाई पक्राउ गरेको छ । लेनदेन मुद्धामा अदालतबाट मिती ०७८ असोज ०६ गते नगद जरिवाना फैसला गरेको थियो । हालसम्म फरार रही लुकिछिपी हिड्दै गरेको अबस्थामा कमलामाई नगरपालिका वडा नं.६ स्थित बसपार्कबाट मगरलाई पक्राउ गरीएको हो ।