Tuesday, December 5, 2023

आज सिन्धुलीमा स्कुल दुध दिवस मनाईयो

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

सिन्धुली – नेपाल डेरी एसोसिएसनले आजबाट ७ औं विश्व स्कुल दुध दिवस मनाउन शुरु सुरु गर्‍यो । ७ गते औपचारिक रुपमा एसोसिएसनले देशब्यापि ५ दिनसम्म दिवस मनाउने भन्दै प्रेस रिलिज गरेको थियो ।

सोहि अनुरुप ८ गते पहिलो दिनको कार्यक्रम अन्तरगत काठमाडौंको शंखमुल स्थित दृश्य सहकारीको सहकार्यमा सहकारीको परिसरमा एक कार्यक्रम गर्दै ५ दिनसम्म मनाउन लागिएको ७ औं विश्व स्कुल दुध दिवस कार्यक्रममा बालबालिकालाई दुध सेवन गराई नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले औपचारिक उद्घाटन गर्नु भएको थियो ।

नेपाल डेरी एसोसिएसनले तेश्रो दिन सिन्धुलीमा डेरी उद्योगी, समाजसेवी नेपाल डेरी एसोसिएसनका सिन्धुली जिल्ला संयोजक श्री बलराम अधिकारीज्युको सभापतित्वमा कमलामाई नगरपालिका प्रमूख उपेन्द्र कुमार पोखरेलज्यूको प्रमूख आतिथ्यतामा सातौं विश्व स्कुल दुध दिवस सिन्धुली विद्याश्रम अंग्रेजी माध्यामीक विद्यालयका विद्यार्थी भाईबहिनीहरुलाई प्रमूख अतिथिबाट दुधपान गराई कार्यक्रम गरियो ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालको उपस्थितिमा स्कुलका बालबच्चाहरुलाई दुध खुवाउँदै कार्यक्रम अघि बढाईयो ।

कार्यक्रममा अतिथिहरु नेपाल डेरी एसोसिएसनका केन्द्रिय उपाध्यक्ष दिप प्रसाद धमला, केन्द्रिय सदस्य रविशरण थापा, ललितपुर कोषाध्यक्ष हुद्धराज तिमिल्सना, कमलामाई नगरपालिका पशु शाखा प्रमूख श्री डा रोशन कोईराला, सिन्धुली उद्योग वाणिज्य संघका महासचिव राम कुमार राजभण्डारी, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रतिनिधि प्रकाश थापा, कृषि उपज बजार व्यवस्थापनका अध्यक्ष प्रयाग खतिवडा, डेरी उद्योगी व्यवसायीहरु, विद्यार्थीहरु लगायत सरोकारवाला निकायहरुको उपस्थितिमा नेपाल डेरी एसोसिएसन सिन्धुली जिल्ला समिति गठनका साथै सातौ विश्व स्कुल दुध दिवस भव्यताका साथ दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाईयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री पोसक पौडेलज्यूले पहिले सिन्धुलीमा दुध तथा दुग्ध पदार्थ यस जिल्लामा प्रर्याप्त नभएकाले छिमेकी जिल्लाबाट ल्याउनु पर्ने बाध्यतालाई ताड्दै हाल यसै जिल्लामा दुध उत्पादन गरी प्रशोधन गरेर उपभोक्ताको घरघरसम्म पुर्‍याउने काम भएकोमा सिन्धुली जिल्लाका दुग्ध उद्योगीलाई धन्यवाद पक्रट गर्दै यस क्षेत्रको संरक्षणमा प्रदेश, केन्द्र सरकार र स्थानीय तह नगरपालिका, वडा सबै सरोकार निकायले ध्यान दिनुपर्ने कुरा बताउनुभयो ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले नेपाल डेरी एसोसिएसनको बारेमा प्रष्ट पार्दै संस्थाले डेरी उद्योगीहरुको हक हितमा काम गर्ने, एसोसिएसन सातै प्रदेशमा प्रादेशिक कार्यालय रहेको, कृषकहरुको पेशा सम्मानित पेशामा तुलना गर्नु पर्ने, विश्व स्कुल दुध दिवसको बारेमा नेपालमा मनाउन शुरु गरेको यस संस्था देश कै पहिलो र हाल सम्म ७ पटक मनाईसकिएको र आजको दिन सिन्धुलीमा मनाउन पाउँदा खुशी व्यक्त गर्दै दुध तथा दुग्ध पदार्थ सेवन गर्नुपर्छ, बच्चाहरुको बुद्धि विकासमा दुधको प्रमूख भुमिका रहेको छ ।

प्रमूख अतिथि नगरपालिका प्रमूखले कार्यक्रमको उद्देश्य सान्दर्भिक रहेको र दुधको क्षेत्र आफ्नो लागि महत्व राख्ने विषय हो । यो कार्यक्रम राखेकोमा नेपाल डेरी एसोसिएसनलाई विशेष धन्यवाद प्रकट गर्नुभयो । सरकारले सहयोग गरेको खण्डमा कृषि पेशा नेपालमा उत्कृष्ट छ । अब छिट्टै हाम्रो देश दुध, मासु र अण्डामा आत्मनिर्भर हुन सक्ने बताउनु भयो ।

सिन्धुली जिल्ला पशु पालन गरी दुधमा आत्मनिर्भर बनाउनका लागि नगरपालिका सधैं तयार रहेको बताउनुभयो । साथै सम्पूर्ण अतिथिहरुबाट सिन्धुली जिल्ला भेलाबाट चुनिने कार्य समिति सक्षम, सबल र उत्कृष्ट कमिटि बनोस र दुग्ध क्षेत्रको विकासमा लाग्न सक्ने कमिटि आउने अपेक्षा सहित सबैले शुभकामना ब्यक्त गरे ।

दाश्रो चरणको कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष श्री प्रल्हाद दाहालज्यूको प्रमूख आतिथ्यतामा सिन्धुली जिल्लामा दुग्ध उद्योग स्थापना गरी सेवा गर्दै आउनु भएका डेरी उद्यमीहरुको भेलाबाट निम्न उल्लेखित ९ सदस्यीय समिति गठन गरिएको छ ।

समितिमा अध्यक्ष बलराम अधिकारी, उपाध्यक्ष लिला बहादुर मगर, सचीव देब कुमारी कार्की, कोषाध्यक्ष उषा ढकाल र सदस्यहरुमा गणेश बहादुर थापा, प्रयागराज खतिवडा, मान बहादुर खत्री, कृष्णजि बि।क र दलुराम गौतम चयन हुनु भयो ।

नयाँ चयन भएका पदाधिकारी एवं सदस्यहरुले नेपाल डेरी एसोसिएसनको निर्देशनमा दुग्ध क्षेत्र विकासमा टेवा पुग्ने काम गर्ने र सिन्धुली जिल्ला एक नमुना जिल्ला बन्ने कुरा बताउँदै नयाँ चयन सम्पूर्ण कार्य समितको सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै आउने दिनमा सदा एसोसिएसनको सहयोग रहने कुरा उपाध्यक्ष दिप प्रसाद धमलाले बताउनु भयो ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष दाहालले नव निर्वाचित समितिलाई प्रमाणपत्र बितरण गर्दै जिम्मेवार भएर काम गर्न सफत समेत गराउनु भयो । नवनिर्वाचित अध्यक्ष बलराम अधिकारीले आफू केन्द्रसँग सधैं जिम्मेवार रहने र सिन्धुलि जिल्ल्लाको दुग्ध पेशाको हक हितमा सदा लाग्ने प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रम समापन गरियो । कार्यक्रमको सन्चालन समिर श्रेष्ठले गर्नुभएको थियो ।

यसै सँग सम्बन्धीत अर्को समाचार

सिन्धुली जिल्लामा नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष श्री प्रल्हाद दाहालज्यूको प्रमूख आतिथ्यतामा सिन्धुली जिल्लामा रहेर दुग्ध उद्योग उद्यमीहरुको भेलाबाट निम्न उल्लेखित ९ सदस्यीय समिति गठन गरिएको छ ।

समितिमा अध्यक्ष बलराम अधिकारी, उपाध्यक्ष लिला बहादुर मगर, सचीव देब कुमारी कार्की, कोषाध्यक्ष उषा ढकाल र सदस्यहरुमा गणेश बहादुर थापा, प्रयागराज खतिवडा, मान बहादुर खत्री, कृष्णजि बि।क र दलुराम गौतम चयन हुनु भयो।

नयाँ चयन भएका पदाधिकारी एवं सदस्यहरुले नेपाल डेरी एसोसिएसनको निर्देशनमा दुग्ध क्षेत्र विकासमा टेवा पुग्ने काम गर्ने र सिन्धुली जिल्ला एक नमुना जिल्ला बन्ने कुरा बताउँदै नयाँ चयन सम्पूर्ण कार्य समितको सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै आउने दिनमा सदा एसोसिएसनको सहयोग रहने कुरा उपाध्यक्ष दिप प्रसाद धमलाले बताउनु भयो ।

कार्यक्रममा केन्द्रिय सदस्य रविशरण थापा र हुद्वराज तिमल्सिनाको पनि उपस्थिति रहेको थियो। कार्यक्रमको अन्त्यमा अध्यक्ष दाहालले नव निर्वाचित समितिलाई प्रमाणपत्र बितरण गर्दै जिम्मेवार भएर काम गर्न सफत समेत गराउनु भयो । नवनिर्वाचित अध्यक्ष बलराम अधिकारीले आफू केन्द्रसँग सधैं जिम्मेवार रहने र सिन्धुलि जिल्ल्लाको दुग्ध पेशाको हक हितमा सदा लाग्ने प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रम समापन गरियो ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles