Sunday, May 28, 2023

कमलामाई नगरपलिकामा १० औँ राष्ट्रिय विज्ञान दिवस मनाईयो

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सोलुखुम्बुकाे देउसामा एक महिलाको हत्या

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराति घरमै हत्या भएको जिल्ला...

सिन्धुली – सिन्धुलीका कमलामाई नगरपलिकामा बिभिन्न कार्यक्रमको आयोजना गरि १० औँ राष्ट्रिय विज्ञान दिवस भव्यताका साथ मनाईएको छ । “विज्ञान र प्रविधिमा लगानीको विस्तारः समुन्नती र समृद्धिको आधार“ भन्ने मूल नाराका साथ शनिबार दिवस मनाईएको हो ।

कार्यक्रममा लेखा अधिकृत टेकेन्द्र कुमार कार्कीले स्वागत मन्तव्य राख्नु हुदैँ देशका सवै वर्ग, समुदाय, तथा पेसागत क्षेत्रका व्यक्ति तथा संस्थाहरुलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्याउने गरी परिचालन गर्ने तथा विज्ञान तथा प्रविधिको विषयमा जनचेतना वढाउने, नीति निर्मातादेखि तल्लो तहका जनता सम्म यो प्रकृयामा सक्रिय भूमिका निभाउने अवस्था सिर्जना गर्नका लागि सचेतनामूलक र अभियानमुखी काम गर्ने उद्धेश्यले प्रत्येक वर्षको असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाईदै आइरहेको बताउँनु भयो ।

त्यस्तै कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेले आजका वालवालिका तथा विद्यार्थीहरु भोलीका देशका कर्णधारहरु रहेको र विश्वलाई हाक्न सक्ने क्षमता समेत भएको हुदाँ यस्ता नवप्रवर्तन क्रियाकलापहरुले उनिहरुको सिर्जनशीलता र क्षमता वृद्धिविकासमा ठूलो टेवा पुर्याउने वताउनुभयो ।

साथै, विज्ञानका पिता ग्यालिलियो ग्यालिली, अल्वर्ट आइन्सटाईन, सर आइज्याक न्युटन जस्ता विश्वका महान वैज्ञानिकहरुको खोज तथा अनुसन्धान र सिद्धान्तले भौतिका विज्ञान र आधुनिक युगको स्थापना भएको उल्लेख गर्दै सम्पूर्ण विद्यार्थीहरुलाई नवप्रवर्तन खोज तथा अनुसन्धानमा लाग्न प्रेरित गर्दै व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको वताउनुभएको थियो ।

यस्तै, दिवसको अबसरमा विभिन्न सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागीतामा निवन्ध प्रतियोगिता र नवप्रवर्तन निर्माण प्रतियोगिता आयोजना गरिएको थियो । निवन्ध प्रतियोगितमा श्री कालिका मा.वि. धमिले जरायोटार प्रथम, जनज्योति मा.वि. फोस्रेटार द्धितीय, शिद्धस्थली अङ्ग्रेजी मा वि, माढीवजार तृतीय र कमला जनज्योति मा.वि. सिलामेले सान्त्वना स्थान हासिल गरेको थियो ।

निवन्ध प्रतियोगितमा प्रथम स्थान हासिल गर्ने विद्यालयलाई नगद ६ हजार, द्धितीय स्थान हासिल गर्ने विद्यालयलाई नगद ४ हजार तृतीय स्थान हासिल गर्ने विद्यालयलाई नगद ३ हजार, सान्त्वना स्थान हासिल गर्ने विद्यालयलाई नगद २ हजार र अन्य सम्पूर्ण सहभागी विद्यालयहरुलाई नगद २ हजार राशी, प्रमाण पत्र र शिल्ड प्रदान गरिएको थियो ।

त्यस्तै नवप्रवर्तन निर्माण प्रतियोगितमा शिद्धस्थली अङ्ग्रेजी आवसीय मा.वि. माढीबजार प्रथम, शिद्बबाबा मा वि पानीट्याङ्की द्धितीय, गौमती मा.वि.माढीवजार तृतीय र प्रभात मा.वि. रानीवासले सान्त्वना स्थान हासिल गर्न सफल भएको छ । नवप्रवर्तन निर्माण प्रतियोगितमा प्रथम स्थान हासिल गर्ने विद्यालयलाई नगद १० हजार, द्धितीय स्थान हासिल गर्ने विद्यालयलाई नगद ८ हजार, तृतीय स्थान हासिल गर्ने विद्यालयलाई नगद ६ हजार, सान्त्वना स्थान हासिल गर्ने विद्यालयले नगद ४ हजार र अन्य सम्पूर्ण सहभागी विद्यालयहरुलाई नगद २ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

उक्त कार्यक्रम कमलामाई नगरपालिका सामाजिक विकास शाखाका कर्मचारी वविन्द्रलाल माझीले संचालन गर्नुभएको थियो ।

कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको अध्यक्षता, शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका इकाई प्रमुख निर्मल कुमार घिमिरेको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा क.न.पाका लेखा अधिकृत टेकेन्द्र कुमार कार्की, शिक्षक सहजकर्ता डा. हरि पोखरेल, निर्णायक मण्डल फाल्गुणी शर्मा, प्रोज्जवल सिन्धुलीय, सुष्मा वराल, तेज विक्रम थापा, ई. निर्मल लामा, विभिन्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्र.अ., शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Hot Topics

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

Related Articles