Friday, February 3, 2023

बजाज कम्पनीको नयाँ मोडलको ‘पल्सर एनएस १२५’ को क्षितिज ईन्टरप्राईजेज सिन्धुलीमा लन्च गरियो

सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज

काठमाण्डाै – बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज शुक्रवार हुने भएको छ । 

सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

काठमाण्डाै – हिजो बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ ।

हिउँदे वर्षा नहुदा किसान चिन्तामा

सिन्धुली - कमलामाई नगरपालिका ४ का सन्तोष ढकालले गत वर्ष पुष अन्तिम मै खेतमा गहुँ छरि सक्नुभएको थियो । समयमा गहुँ...

सिन्धुलीमा परालको गुन्द्री लोप हुँदै

सिन्धुली - पछिल्लो समय रेडिमेट सामग्रीको प्रयोग बढेसँगै सिन्धुलीमा हातले बनाइने तथा बुन्ने परम्परा हराउँदै जान थालेको छ । बजारमा सजिलै...

कमला नदिमा माछा मार्न विष हाले साढे सात हजार जरिवाना

सिन्धुली - कमलामा नदिनमा माछा मार्न विष हाले साढे सात हजार जरिवाना साथै कानुन अनुसार कारबाहि गर्ने दुधौली नगरपालिका वडा नम्बर...

सिन्धुली – प्रसिद्ध मोटरसाइकल, स्कुटर उत्पादक कम्पनी बजाजले उत्पादन गरेको नयाँ मोडलको मोटसाइकल ‘पल्सर एनएस १२५’ को आज क्षितिज ईन्टरप्राईजेज कमलामाई ६ रातमाटा सिन्धुलीमा आज विहिबार लन्च गरिएको छ ।

नेपाली बजार र चाडपर्वलाई लक्षित गरेर कम्पनीले आधाको आधामा फाइनान्स सुविधा सहितको नयाँ मोडलको बाइक बजारमा ल्याएको हो । पल्सर सिरिजको सबैभन्दा कम सीसी क्षमताको यो बाइकको लुक्स तथा डिजाइन यसअघिको एनएस १६० र एनएस २०० जस्तै छ । तर, पिकअपमा केही फकपन देखिए पनि अन्य विशेषताहरु भने लगभग उस्तै रहेको क्षितिज ईन्टरप्राईजेज प्रबन्धक हरि बहादुर रोका बताए । उनका अनुसार सस्तो मुल्यमा पाइने पल्सर एनएस १२५ सवैको पहुँचमा रहेकाले पनि बजारमा माग बढ्ने आशा व्यक्त गरे ।

उनका अनुसार नयाँ मोडल एनएस १२५ को मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ पर्ने छ । चार्डवाडको अवसरमा कम्पनीले आधाको आधा अफर अनुसार मोटरसाइकलको कुल लागतको चार भागको एक भाग रकम जम्मा गरेर फाइनान्स गर्न सकिने छ । एउटा मोटरसाइकल खरिदमा ७ हजार छुट व्यवस्था गरेको छ ।

पल्सर सिरिजकै सबैभन्दा सानो मोटरसाइकल एनएस १२५ एनएस सिरिजकै बडी डिजाइनमा तयार गरिएको छ । एनएस १२५ मा १२४।४५ सीसीको सिंगल सिलिन्डर एयरकुल्ड, २ भल्भ इलेक्ट्रोनिक्स एफआई इन्जिनको प्रयोग गरेको छ । उक्त इन्जिनले अधिकतम १२ पीएस पावर र ११ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ । एनएस १२५ को अगाडि टेलिस्कोपिक फर्क र पछाडि निट्रो मोनोशक रहेको मोटरसाइलको अगाडि २४० एमएमको डिस्क र पछाडि १३० एमएमको ड्रम ब्रेक दिइएको छ । कम्बी ब्रेकिङ सिस्टम, १७ इन्चको अलोय ह्वील, १२ लिटरको इन्धन ट्याङ्क, १७९ एमएमको ग्राउन्ड क्लियरेन्स यसमा पाउन सकिन्छ ।

ट्याङगुलर हेलोजिन हेडल्याम्प, सेमि डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, एलइडी टेल ल्याम्प, वल्व इन्डिकेटर जस्ता विशेषता बजाजले एनएस १२५ मा दिएको छ ।

साथै, शोरुमले यहि असोज ३ गतेदेखि ७ गतेसम्म फ्रि सर्भिस क्याम्पको समेत आयोजना गरेको छ । सो अवसरमा लेबर चार्जमा ५० प्रतिशत, इन्जिन ओयलमा २५ प्रतिशत, स्पियर पार्टस्मा १० प्रतिशत र युरोग्रिप टायर्समा १० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ ।

Hot Topics

सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज

काठमाण्डाै – बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज शुक्रवार हुने भएको छ । 

सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

काठमाण्डाै – हिजो बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ ।

हिउँदे वर्षा नहुदा किसान चिन्तामा

सिन्धुली - कमलामाई नगरपालिका ४ का सन्तोष ढकालले गत वर्ष पुष अन्तिम मै खेतमा गहुँ छरि सक्नुभएको थियो । समयमा गहुँ...

Related Articles