सिन्धुली – स्थानिय जन प्रतिनिधि, कृषक र सहकारी विच अन्तरक्रिया कार्यक्रम कमलामाई ३ चपौलीमा सम्पन्न भएको छ ।
कार्यक्रममा जनप्रतिनिधि र कृषकहरु विचमा सहकारीले गर्दै आएको काम र आगामि दिनमा सहकारीले गर्ने कामको विषयमा छलफल भएको थियो ।
कमलामाई नगरपालिका वडा नम्बर ३ का वडा सचिब तथा कार्यक्रमका प्रमुख अतिथि विरेन्द्र कुमार देवकोटाले सहकारीलाई परेको जुन सुकै समस्यामा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । कार्यक्रममा सहभागि कृषकहरुले सहकारीमा आबद्ध हुने र उत्पादनमा जोड दिई रोजगारी बढाउने प्रतिबद्धता जनाएका छन् ।
सिन्धुलीगढि दुग्ध उत्पादन सहकारी संस्था लि. को आयोजनामा भएको कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि , कृषकहरुको सहभागिता रहेको थियो । हाल सहकारीमा ६८ जना सदस्य रहेका छन् ।
उन्नत पशुपालन तथा दग्ध ब्यवसायको माध्यमबाट ग्रामिण जनताको आयस्तर उकास्न मद्धत पुर्याउने उद्धेश्यले सिन्धुलीगढि दुग्ध उत्पादन सहकारी संस्था लि सन्चालनमा ल्याईएको हो ।
कार्यक्रम सहकारीका अध्यक्ष बलराम अधिकारको अध्यक्षता तथा कमलामाई नगरपालिका वडा नम्बर ३ का सचिब विरेन्द्र कुमार देवकोटाको प्रमुख आतिथ्यकतामा सम्पन्न भएको हो ।